सम्पर्क

बिभिन्न कार्यक्रम गरी मनाइयो सोनाम ल्होछार

तामाङ समुदायको मुख्य पर्व ल्होछारका अवसरमा बिभिन्न स्थानमा बिभिन्न सस्कृती कार्यक्रम गरिएको छ । राष्ट्रिय सोनाम ल्होछार का अवसरमा शनीबार टुँडिखेलमा आयोजित तामाङ सांस्कृतिक महोत्सव गरिएको छ । प्रधानमन्त्री पुक्ष्पकमल दाहालको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रममा बिभिन्न सस्कृती झाकीहरु प््रदर्शन गरिएको थियो । तामाङ समुदायको वेशभूषा, रहनसहन, खानाका परिकारसहित समेटिएको सयौँभन्दा बढी प्रदर्शनी कक्ष राखिएका थिए । महोत्सवमा कुलागी, लुकुनी, स्यान्थापलगायत पराम्परागत पोसाकमा सजिएका युवायुवती हरुले डम्फू र टुङ्गाको धुनमा नृत्य प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी प्रधानमन्त्री दाहालले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा मात्रै सङ्घीयता कार्यान्वयनमा गुणात्मक फड्को मार्न सकिने बताउनुभयो ।उँहाले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहरूले राम्रोसँग चिन्नूहोस्, यसको वरिपरि गोलबन्द हुनुहोस”, “फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभार पूरा हुनेछन् ।” भन्नु भयो आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा सात सय ५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, सङ्घीयताअनुरूप कार्यालयको स्थापनामा महत्वपूर्ण काम भएको स्मरण गर्दै उहाँले अहिले सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभयो ।  प्रधानमन्त्री दाहालले अबको सङ्घीय मन्त्रिपरिषद् पुनःगठनका क्रममा बागमती प्रदेशमा तामाङ समुदायबाट सरकारमा प्रतिनिधित्व गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोनाम ल्होछार मनाउन तामाङ समुदायलाई सरकारका तर्फबाट प्रदान गरिने सहयोगलाई वृद्धि गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले सोनाम ल्होछारले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै थप अधिकार प्राप्तिको दिशामा एकताबद्ध भई अगाडि बढ्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तामाङ समुदायको मुख्य पर्व ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभयो ।नेपाल तामाङ घेदुङ मूल समारोह समितिका अध्यक्ष वीरबहादुर योञ्जनले तामाङ समुदायको इतिहास, उक्त समुदायले राज्यमा पु¥याउँदै आएको योगदानलगायत विषयमा जानकारी गराउनुभएको थियो ।यसै बिच सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका ६ बुद्धपार्कमा गौराती युथक्लबको आयोजनामा नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतीथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा नगर प्रमुख सापकोटाले सबै सस्कार सस्कृती नगरका गहना हुन यस्ता खाले पर्ब संस्कार सस्कृतीको जगेर्ना गरेर अगाढी बढ्न पर्ने बताउँनु भयो । कार्यक्रममा युथक्लबका सन्जिब तामाङले तामाङहरुका मात्र नभइ सिङ्गो जनसमुदायले मन पराएको सस्कृती कार्यक्रमको जगेर्ना गर्न पर्ने आबश्यकता भएको बताउँनु भयो ।