सम्पर्क

लघुकथासम्बन्धि समाचार

 

 लघुकथाकार विवेक शर्मा गौतमकृत् जेई लघुकथासंग्रह सार्वजनिक भएको छ ।
माघ ५ गते शुक्रबार सर्जक गौतमको आमाको पहिलो वार्षिक पुण्य तिथिको अवसर पारेर सिर्जना अभियान समाज भक्तपुर र हाम्रो लघुकथा केन्द्र, नेपालको संयुक्त आयोजनामा सो कृतिको लोकार्पण गरिएको थियो ।
बिधागत गान ञ हाम्रो लघुकथा गान झ बजाएर तथा कार्यक्रमका सभापति ध्रुव मधिकर्मीले दीप प्रज्वलन गरेर कार्यक्रमको सुरु गरियो । ध्रुव मधिकर्मी, लता केसी, डा. शेखरकुमार श्रेष्ठ, मनिषकुमार शर्मा समित, इन्दिरा चापागाईं, निर्मला बराल र श्रीराम राईले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नु भयो । सो अवसरमा इन्दिरा चापागाईंले उपस्थित सबैलाई स्वागत गर्नु भयो ।
कार्यक्रममा अञ्जु शर्मा, अप्सरा भट्टराई , प्रशंसा खनाल जोशी, रमेश सुवेदी, रामराजा केसी, रेहित सैंजू, गंगा न्यौपाने , शान्ता तिम्सिना लगायत दुई दर्जन स्रष्टाहरू , पत्रकारहरूको उपस्थिति
रहेको थियो ।
रुकुम पूर्व, सिस्ने गाउँपालिकामा जन्मिएका कृतिकार गौतम हाल अमेरिकामा रहेपनि कार्यक्रममा मेसेन्जर भिडियो कलमार्फत् कार्यक्रममा आफ्नो उपस्थिति जनाउनु भएको थियो । उहाँले समसामयिक घटनाबाट प्रेरित भएर लेखिएका मेरा लघुकथाहरूले किताबको रूपमा सार्वजनिक हुन पाएको खुसी प्रकट गर्दै आयोजक एवं सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
उक्त अवसरमा आयोजक हाम्रो लघुकथा केन्द्र नेपालले लघुकथाको प्रवर्द्वनका लागि प्रदेशमा संयोजकको व्यबस्था गरेको विषयमा प्रकाश पार्दै बागमती प्रदेशका संयोजक इन्दिरा चापागाईंलाई चयन गरेको जानकारी गराएको थियो ।कार्यक्रमका सभापती ध्रुव मधिकर्मीले जेईको सम्पादन र प्रकाशनको अभिभारा दिनु भएकोमा कृतिकारलाई धन्यवाद दिनु भयो । संस्थाहरू बीचमा आपसी सहकार्य आवश्यक भएको बताउनु भयो । कृतिकारलाई शुभकामना र उपस्थित सबैलाई धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गर्नु भयो ।कार्यक्रमको सञ्चालन स्रष्टा मन्दिरा चापागाईंले गर्नु भएको थियो

 लघुकथाको फेसबुक पेज बार्दलीका संस्थापक , स्रष्टा दीपक समीपकृत् नदीको राजमार्ग लघुकथासङ्ग्रहको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।

माघ १३ शनिबार , कृतिको प्रकाशक पेज टर्नरको आयोजकत्वमा काठमाडौँको सर्वनाम थियटरमा कार्यक्रम सम्पन्न भएको हो । हाम्रो लघुकथा केन्द्रले तयार गरेको बिधागत गान ञ हाम्रो लघुकथा गानझ घन्काएर कार्यक्रमको सुरू गरिएको थियो । साहित्यकार प्रतीक ढकालले स्वागत मन्तव्य राखेपश्चात् कार्यक्रम अघि बढेको थियो ।भुवनहरि सिग्देलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि भुपाल राई, अध्यक्ष सिग्देल , कृतिकार समिप , समीक्षकद्वय ईश्वरमणि अधिकारी र प्रा. ज्ञानु अधिकारीले कृतिको सामूहिक विमोचन गर्नु भयो ।समीक्षक डा. ज्ञानु अधिकारीले थोरै शब्दमा सरल भाषाको मौलिक स्वाद पस्केर कथाकारले आख्यान लेखनमा दह्रो उपस्थिति जनाएको तर लघुकथा लेखनको मानक सिद्धान्तलाई चुनौती दिएर लेखकको अराजक व्यक्तित्वबारे स्पष्ट पार्दै कथामा शब्दको मीतव्ययितामा कथाकारले निकै ध्यान दिएको बताउनु भयो ।प्रमुख अतिथि ,नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले मान्छेको जीवन आफैँमा कथैकथाको कथा भएको र मानव जातिको विविधतासँगै कथाको विविधता प्रकट हुने बताउनु भयो । पुस्तक बिमोचनलाई नयाँ ढङ्गबाट प्रस्तुत गर्ने परिकल्पना पनि प्रस्तुत गर्नु भयो । कार्यक्रमहरू पाठककेन्द्रित बनाइनुपर्ने र नयाँ प्रविधि एआईसँग जुध्नुपर्ने वर्तमान यथार्थतिर सबैले लाग्नुपर्ने आवश्यकताऔँल्याउनु भयो ।साहित्यकार भवानी खतिवडाले सञ्चालन गर्नुभएको सो कार्यक्रममा ६६ वटा लघुकथा समाविष्ट नदीको राजमार्ग लघुकथा सङ्ग्रहको प्रकाशक पेज टर्नर प्रा.लि.का अध्यक्ष , साहित्यकार भुवनहरि सिग्देलले सामान्य विषयलाई सरल लेखनको शैलीबाट विशिष्ट बनाएर पस्किने दीपकको लेखकीय क्षमताको प्रशंसा गर्नु भयो । उपस्थित सबैलाई धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गर्नु भयो ।पोखरेली सर्जक समीपको नदीको राजमार्गको पुन पनि माघ २७ गते शनिबार पोखरेली युवा साँस्कृतिक परिवार , पोखराद्वारा
गृह विमोचन भएको समाचार प्राप्त भएको छ ।

२०८० माघ २० गते काठमाडौँ , तीनकुनेस्थित रोयल ब्याक्वेटमा
हाम्रो लघुकथा केन्द्र नेपालको एउटै ब्यानरमा रुद्र अधिकारी ‘निदोर्षी’को ‘दृष्टि’ र इन्दिरा चापागाईंको ‘अन्त्यहीन परिधि दुई लघुकथासङ्ग्रहको लोकार्पण भएको छ । सर्जक इन्दिरा चापागाईंले आफ्नो पहिलो लघुकथासङ्ग्रह ५१औँ जन्मदिनको अवसर पारेर गर्नु भएको हो ।अग्रज साहित्यकार मोहनबहादुर कायस्थको प्रमूख आतिथ्य र केन्द्रका उपाध्यक्ष डा. शेखरकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा डा. हरिप्रसाद भण्डारी , लता केसी, इन्दिरा चापागाई , लक्ष्मीप्रसाद दाहाल , सिम्रन खड्का ,कार्यक्रमका सभाध्यक्ष र प्रमुख अतिथिले दुई कृतिको छुट्टा छुट्टै सामूहिक विमोचन गर्नु भयो ऐतिहासिक बिधागत गान ञ हाम्रो लघुकथा गान झ बजाएर कार्यक्रमको सुरू गरिएको थियो । कार्यक्रममा मनीषकुमार शर्मा ‘समित’ले स्वागत मन्तव्य राख्नु भयो । कार्यक्रमका विशिष्ट अतिथि डा. हरिप्रसाद भण्डारी, साहित्यकार ध्रुव मधिकर्मी तथा प्रमुख अतिथि मोहनबहादुर कायस्थले शुभकामना मन्तव्यका साथै लघुकथासम्बन्धी धारणा राख्नु भयो । कृतिकार इन्दिरा चापागाईंले उपस्थित सबैलाई धन्यवाद दिनु भयो । अर्का कृतिकार रुद्र अधिकारी ‘निर्दोषी’ले बेलायतको लन्डनबाट कार्यक्रमको प्रत्यक्ष प्रसारणमा भिडियो कलमार्फत उपस्थित सबैलाई हार्दिक आभार व्यक्त गर्नु भयो । विमोचित कृतिबाट वीरेन मालाकारञ सहयात्री झले चापागाईँको पहिलो प्रेम र मिसु श्रेष्ठ थपलियाले अधिकारीको सती लघुकथा वाचन गर्नु भएको थियो ।
स्रष्टा मन्दिरा चापागाईंले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा लगभग ६ दर्जन साहित्यकार , पत्रकार लगायत कृतिकारका आफन्तजनहरूको उपस्थिति रहेको थियो ।सर्जक बोधराज प्याकुरेलको पहिलो लघुकथासङ्ग्रह शङ्काको लोकार्पण भएको छ ।कृति प्रकाशक भेरी साहित्य समाज केन्द्रीय कार्य समिति , नेपालगन्जको आयोजनामा माघ २७ गते शनिबार, स्वस्तिक कटेज नेपालगन्जमा विमोचन भएको हो ।
प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव,वरिष्ठ आख्यानकार सनत रेग्मी र लुम्बिनी विश्व विद्यालय सेवा आयोगका सदस्य प्राडा कृष्णप्रसाद घिमिरेज्यूबाट कृतिको विमोचन भयो ।

महिनामा हाम्रो लघुकथा केन्द्रमा पोष्ट भएका लघुकथा सङ्ख्या ५४६ रहेको र नयाँ लघुकथाकार थपिने क्रम जारी रहेको छ। यस महिनामा नयाँ लघुकथाकारहरू ,
भुपेन्द्र विरही राना मगर
गीता लुईँटेल
डा. चक्रप्रसाद अधिकारी
एन्जेल निलु
भगवती खनाल ( कमला खनाल , दाहाल )
कजरी धनञ्जय
सुधन अधिकारी रहनु भएको जानकारी कार्यक्रम २४ घण्टामा लघुकथाका संयोजक , एडमिन छविलाल खड्काले गराउनु भएको छ ।

 डा. कुसुमाकर शर्मा गौतमद्वारा लिखित ञहिउँको रापझ लघुकथासङ्ग्रहको परिचर्चा कार्यक्रम पुस २९ गते सम्पन्न भयो ।

तीर्थ राज अधिकारीको सभापतीत्वमा सञ्चालित उक्त कार्यक्रममा पौडेल बिमुन्स , ममता मृदुल , डा. शेखरकुमार श्रेष्ठ , डा. हरिप्रसाद भण्डारी , श्रीओम श्रेष्ठ रोदन , प्रा.डा. कपिल लामिछाने , सञ्जय शाह मित्र ,राजेन्द्र अर्याल , ऋषि बस्ताकोटी खेमराज पोखरेल परिचर्चाकारहरू रहनु भएको थियो ।

उहाँहरूले कृतिभित्रका लघुकथाहरूमा पाइने वाद , विचार , विशेषता , विषयवस्तु , कथावस्तु , बुनोट , चरित्र , प्रभावकारिता , शैली , दृष्टिबिन्दु , शीर्षक, पात्र र भाषा शैलीका आधारमा कृतिको परिचर्चा गर्नु भयो ।
हिउँको रापभित्रका लघुकथाहरूमा विविध विषयवस्तुको प्रयोग , प्रगतिशील धार समातेको , शिक्षक विद्यार्थी र अभिभावकका दायित्व , सामाजिक , राजनीतिक , शैक्षिक , धार्मिक , पर्यावरण र न्यायिक क्षेत्रका बिसङ्गङ्तीमाथि प्रहार , बिम्ब र व्यङ्ग्यको प्रयोग , सबल पात्रबिधान , प्रचुर बौद्धिकताको प्रयोग , सुविचार र सकारात्मक सन्देशको बाहुल्यता , माटो , जातीय र धार्मिक दर्शनको प्रयोग , विदेशी भाषा र संस्कारप्रति बिरोधभाव , शादृश्य शैली , राष्ट्रियताको भाव , स्वेरकल्पना , आञ्चालिक भाषा पाइने हुनाले कृति स्तरीय र पठनीय बनेको बिचार राख्नु भयो । रूपबिधानका हिसाबले अब्बल बनेको छ । लेखनमा निकै होशियारी अपनाए पनि दर्विलो बिज वाक्यको प्रयोगमा लेखक चुकेको , विशिष्ट विषयबस्तु खोजी गर्न नसकेको , कतिपय लघुकथामा शीर्षक र भावमा तालमेल नमिलेको औल्याउँदै सुधारका बाटाहरू औल्याउनु भयो । कृतिबाट लघुकथा वाचन पनि गरिएको थियो ।कृतिकार गौतमले आफूले देखेका , भोगेका , सोचेका , चित्त नबुझेका कुराहरूलाई विषय बनाएर आत्मसन्तुष्टिका लागि लेख्ने बताउनु भयो साथै सुधारका लागि प्राप्त सुझाव आफ्ना लागि मार्गदर्शन र पृष्ठपोषण हुने बताउँदै उपस्थित सबैलाई धन्यवाद र कृतज्ञता प्रकट गर्नु भयो । कार्यक्रमको अन्त्यमा सभापती अधिकारीले कार्यक्रममा व्यक्त विचार सुन्दै गर्दा आफूले पनि लघुकथा लेखनका तत्वबारे ज्ञान प्रान गर्ने अवसर पाएको बताउँदे
आयोजक , सर्जक र उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेर कार्यक्रम विसर्जन भएको घोषणा गर्नु भयो ।

माघ २१ गते रूद्र अधिकारीकृत् दृष्टि लघुकथासङ्ग्रहको परिचर्चा भयो ।

अग्रज लघुकथाकार ध्रुव मधिकर्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा परिचर्चाकारहरू निर्मला बराल , पौडेल बिमुन्स , शेखर अर्याल , मनीषकुमार शर्मा ञ समित झ , डा शेखरकुमार श्रेष्ठ , डा. कुसुमाकर शर्मा गौतम र इन्दिरा चापागाईँले परिचर्चा गर्नु भएको थियो ।६६ वटा लघुकथा समेटिएको दृष्टि लघुकथासङ्ग्रहमा सामाजिक यथार्थता , काल्पनिकताको सूक्ष्म प्रयोग , नवीन विषयबस्तु , विज्ञान र प्रविधिका विषयको उठान ,नाटकीय शैली , विद्रोहको भाव , जीवन्त पात्र र जीवन्त मुद्धा उठाएको धारणा व्यक्त गर्नु भयो ।
कृति पठनीय हुँदाहूदै पनि कतिपय लघुकथाहरूमा भाषिक र वाक्य गठनमा त्रुटि , चुटकिला प्रधान हुनु , कथ्यभावमा विश्वशनीयताको अभाव पनि देखिएकोले आगामी दिनमा सुधारका मार्गहरू देखाउनु भयो । कृतिकार अधिकारीले विचार र चिन्तनप्रति आफ्ना धारणा राख्नु भयो । साथै कमीकमजोरीहरूप्रति भविष्यमा सचेत रहने प्रतिबद्धताका साथ सबैप्रति आभार व्यक्त गर्नु भयो ।

ड्ड यसैगरी इन्दिरा चापागाईँकृत लघुकथासङ्ग्रह अन्त्यहीन परिधिको परिचर्चा पनि भएको छ ।
माघ २८ गते आइतबार ध्रुव मधिकर्मीको सभापतीत्वमा जुम प्रविधिमार्फत स्रष्टा साँझ अमेरिकाले कार्यक्रम गरेको थियो । परिचर्चाकारहरू पौडेल बिमुन्स , डा. शेखरकुमार श्रेष्ठ , डा. कुसुमाकार शर्मा गौतम , खेमराज पौडेल , कृष्ण बजगाईँ , मनीषकुमार शर्मा ञसमित झ रहनु भएको थियो । पठन संस्कृतिको विकास र सर्जकहरू बीच अन्तरसम्बन्ध बनाइराख्न परिचर्चा कार्यक्रम सञ्चालक प्रा. विश्वराज उपाध्यायको प्रशंशनीय भूमिका रहेको छ ।

 लघुकथा समाज ,कोशी प्रदेशले आयोजना गरेको पुस महिनाको लघुकथा प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ ।

विदेश अथवा रोजगार विषयमा भएको प्रतियोगितामा निर्णायक रमेन्द्र कोइराला , विनोद नेपाल र ममता मृदुल रहनु भएको थियो ।
जसले अन्जु शर्मा , शान्ति भण्डारी दाहाल र नारायण कोइरालाका लघुकथाहरू उत्कृष्ट रहेको बताएको छ ।

 लघुकथा प्रतिष्ठान, नेपालले सञ्चालन गरेको ‘लप्रने एकता विषयक लघुकथा अभियान’ अन्तर्गत पाका नागरिक, एकता र शहीद तीन छुट्टा छुट्टै अभियानको नतिजा सार्वजनिक गरेको छ ।

अभियानमा सहभागी हुन लघुकथा प्रतिष्ठानको भित्तामा प्रेषण गर्नुपर्ने र प्रतियोगी लघुकथाहरूलाई भिन्न विषयको भिन्न निर्णायक मण्डलले ११ उत्कृष्ट र जसबाट एउटा सर्वोत्कृष्ट ठहर गर्ने प्रावधान रहेको छ ।

पाका नागरिक विषयक अन्तर्गत गंगा खड्का , निर्मला बराल ,
लता के सी ,विद्या ढकाल , सविता भट्टराई, उमानाथ दाहाल ,लक्ष्मण ज्ञवाली , प्रेम घिमिरे ’अग्निकवच’ , कल्पना भण्डारी , मन्दिरा चापागाईं र अवतार ढकाल ११ उत्कृष्टमध्ये गङ्गा खड्काको रहस्य
शीर्षकको लघुकथा सर्वोत्कृष्ट भयो ।

एकता विषयमा तुलसी पण्डित , निर्मला बराल , प्रेम घिमिरे , प्रेम पुन मगर , बाँस्कोटा धनञ्जय , रचना शर्मा , रामप्रसाद पन्थी , रुद्र अधिकारी निर्दोषी , शान्ता तिम्सिना , शुक्रराज कुँवर र सविता भट्टराईका ११ उत्कृष्टमध्ये शान्ता तिम्सिनाको एकता शीर्षकको लघुकथाले बाजि मार्यो ।

यसैगरी शहीद विषयक अभियानमा पं .ज्यो.तोयनाथ सुवेदी,
धिरज बराल,नानि भारद्वाज,पदमप्रसाद दाहाल,
प्रेम घिमिरे अग्निकवच , रामप्रसाद पन्थी,शारदा दहाल भण्डारी ,शुक्रराज कुँवर, रचना शर्मा , रुद्र अधिकारी ‘निर्दोषी’
र सविता भट्टराई ११उत्कृष्टमध्ये नानि भारद्वाजको स्मृति शीर्षकको लघुकथा सर्वोत्कृष्ट ठहर भएको थियो ।

सर्वोत्कृष्ट हुने स्रष्टालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने र अभियानमा प्रतियोगी र सहभागी सबै लघुकथा समेटी ‘सन्दर्भ लघुकथा प्रधान पत्रिका’को फरक फरक अङ्कमा प्रकाशन गरिने लप्रने, व्यबस्थापक पक्षले बताएको छ।

लघुकथा चौतारी समूहको जागृत समूहले कार्यक्रम ञसर्जकसँग सर्जकहरूझको छैठौँ अभियान सम्पन्न गरेको छ ।

पुस २८ गते शनिबार , सर्जक निर्मला बराल, मनीषकुमार शर्मा ‘समित’, इन्दिरा चापागाईं, वन्दना घिमिरे र अन्जु शर्माले वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मीको निवास पुगेर भेटघाट र वार्ता गर्नु भएको थियो । उक्त अनौपचारिक कार्यक्रममा उपस्थित अभियन्ताहरूले वरिष्ठ सर्जक मधिकर्मीलाई अभिनन्दन गर्नु भयो तत्पश्चात् लघुकथाको सेरोफेरोमा लगभग ३ घण्टा जिज्ञासा तथा छलफल गर्नु भयो ।
अब्बल लघुकथा कसरी लेख्ने ? भन्ने एक जिज्ञासामा ’पौराणिक घटनालाई आधुनिकीकरण गरेर, बिम्ब , प्रतीक र स्वैरकल्पना प्रयोग गरेर लघुकथा लेख्दा राम्रो हुन्छ भनेर सर्जक मधिकर्मीले बताउनु भयो । लघुकथा लेखनसम्बन्धि विभिन्न जिज्ञासाहरूमा दिनुभएको मनन योग्य सुझावको साथै रमाइलो र आत्मीय आतिथ्यको लागि स्रष्टा मधिकर्मी दम्पतिलाई नै आयोजकले मायाको चिनो प्रदान गर्दै धन्यवाद ज्ञापन गरेको थियो ।

लघुकथा प्रतिष्ठान पोखराको नियमित लघुकथा वाचनको ५७ औँ शृङ्खला सम्पन्न भएको छ ।

माघ १३ गते शनिबार पोखरामा , प्रतिष्ठानका उपाध्यक्ष कल्याण पन्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अध्यक्ष अल्पविराम पोखरेलीले स्वागत मन्तव्य व्यक्त गर्नु भयो । लघुकथाकार विष्णु अल्पविराम, कल्याण पन्त, ढाकामोहन बराल, बिष्णु बास्तोला, लक्ष्मी देवकोटा, शोभा लामिछाने, माधव खतिवडा , स्ट्रगल रानाले लघुकथा वाचन गर्नु भएको थियो ।
कार्यक्रमका अतिथि तथा कलाकार काजी गाउँलेले पुराना कुराको स्मृति गर्दै हालका दिनमा लघुकथा लेखन, वाचन शैलीले निकै फड्को मारेको बताउनु भयो । संस्थाका सदस्य शोभा लामिछानेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

 २०८०–१०–२० गते शनिबार लघुकथा प्रतिष्ठान , पोखराले गण्डकी प्रज्ञा प्रतिष्ठानको जर्ज जोन सभाकक्षमा लघुकथा विमर्श तथा अन्तरक्रिया सम्पन्न गरेको छ

लघुकथा प्रतिष्ठान पोखराका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षता र
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा “लघुकथा र कथाकासाम्यवैषम्य“
विषयमा डा. भूमिराज बस्ताकोटीले अवधारणापत्र प्रस्तुत गर्नु भएको थियो। उक्त अवधारणापत्र माथि डा. लक्ष्मीशरण अधिकारी र डा. ईश्वरमणि अधिकारीले टिप्पणी गर्नु भएको थियो। कार्यपत्र र टिप्पणीमाथि उपस्थित श्रोताले आफ्नो जिज्ञासा राखेका थिए।
कार्यक्रममा प्राज्ञ हरिदेवी कोइराला र प्राज्ञ सरस्वती श्रेष्ठ सरूले
शुभकामना मन्तव्य दिनु भएको थियो।

प्रतिष्ठानका उपाध्यक्ष कल्याण पन्तले स्वागत मन्तव्य राख्नु भयो
भने सचिव अमृतले कार्यक्रम सञ्चालन गरेका थिए ।

 पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठान’ काठमाडौँ र फापरथुम–स्याङ्जाद्वारा आयोजित ’बृहत् साहित्य सम्मेलन’को दोस्रो दिन माघ २७ गते शनिबार आनन्दआश्रम , आँधीखोला ६, फापरथुम–स्याङ्जामा लघुकथा गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीमा देशैभरिका सयौँ साहित्यकारहरूको उपस्थिति रहेको थियो।
लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सर्जकहरूले लघुकथा वाचन र विश्लेषण गर्नु भएको थियो । लुम्बिनी बौद्ध विश्वविद्यालयको प्राज्ञिक परिषद् सदस्य प्रा. डा. कपिल लामिछानेले उक्त अवसरमा कार्यपत्र प्रस्तुत गर्नु भयो ।
हाम्रो लघुकथा केन्द्रका व्यबस्थापक तथा उपाध्यक्ष डा. शेखरकुमार श्रेष्ठले सञ्चालन गर्नु भएको कार्यक्रम भव्य , सभ्य र उत्साहवर्धक
रहेको थियो ।

समाचार सङ्कलन – लता केसी
समाचार सम्पादन – राजु क्षेत्री अपुरो