सिन्धुपाल्चाेककाे पाल्चाेकमा नेपालकै ठुलाे घण्ट बन्ने भएकाे छ । आज शनिवार एक कार्यक्रमका बिच प्रकास मानव सेवा आश्रमका संरक्षक तान्त्रिक गुरु प्रकाश भुजेलद्वारा ठुलाे घण्टकाे शिलान्यास गरिएकाे हाे । पाल्चाेकमा निर्माण हुने घण्ट ६ हजार किलाेकाे हुने जयवागेश्वरी पाल्चाेकी माई ठुलाे घण्ट निर्माण व्यवस्थापन समितिले जानकारी दियाे । हाल नेपालकै ठुलाे ५५५५ किलाेकाे घण्ट बागलुङमा रहेकाे छ । पाल्चाेकमा बन्ने घण्ट ६००० किलाेकाे रहने र २ बर्षमा बनाउने लक्ष्य लिएकाे जयवागेश्वरी पाल्चाेकी माई ठुलाे घण्ट निर्माण व्यवस्थापन समितिले जनाएकाे छ । ठुलाे घण्ट निर्माणकाे लागी प्रमुख अतिथि प्रकास भुजेलले २० लाख २० हजार दिएका छन । ‘बाबाकाे तर्फबाट १० लाख, आमाकाे तर्फबाट १० लाख र मेराे तर्फबाट २० हजार सहयाेग गर्छु’, उनले भने । आजै भुजेलले २ लाख २० हजार नगर र १८ लाखकाे चेक समितिलाई हस्तान्तरण गरेका छन । ‘अब म जस्ताे सहयाेग गर्नेहरू लाईन लागेर आउनेछन’, भुजेलले भने । कार्यक्रममा मन्तव्य राख्दै पण्डित नारायण प्रसाद खनालले पाल्चाेक सम्म आउने बाटाे राम्राे बनाउन पर्ने बताए । ‘यहाँ खानेबस्ने राम्राे व्यवस्था हाेस’, उनले भने ‘यसले पर्यटन प्रवर्द्वन लाई टेवा पुग्ने छ । ९ वटा देविहरूकाे पुजा गरेर नवाहा ज्ञान महायज्ञ समेत गरिने खनालले जानकारी दिए । घण्ट बनाउन ३ कराेड ३० लाख खर्च लाग्ने आयाेजकले बताएकाे छ । श्री जयवागेश्वरी पाल्चाेकी माई ठुलाे घण्ट निर्माण व्यवस्थापन समिति तथा मन्दिर व्यवस्थापन मुल समितिकाे अायाेजनामा भाेलि बाट फागुन ६ गते अाइतवार सम्म नवाहा ज्ञान महायज्ञ पं श्री राम कृष्ण सुवेदी तथा श्री नारायण प्रसाद खनालकाे मुखारविन्दुवाट हुनेछ । पाल्चाेकमा नेपालकै ठुलाे घण्ट निर्माणकाे लागि बिष्णु बहादुर बराइलीले ५ लाख सहयाेग गर्ने प्रतिवद्वता ब्यक्त गरेका छन । प्रकास मानव सेवा आश्रमका अध्यक्ष श्याम खड्काले १ लाख ५ हजार सहयाेगकाे प्रतिवद्वता व्यक्त गरेका छन । सहयाेग आउने क्रम जारी रहेकाे घण्ट व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर खड्काले जानकारी दिए ।