सम्पर्क

सबै भन्दा ठुलो श्वेतभैरब चौतारामा

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५मा स्थानीय सम्पदा संरक्षण गुठीका अध्यक्ष समेत रहनु भएको रबन्द्रि श्रेष्ठले आफ्रनै घरको बाहीरी भागमा राख्नु भएको छ ।
जिल्लाको साँगाचोकगढी नगरपालिकाअन्तर्गत वडा नम्बर ५ स्थित पुरानो बजारमा प्राचीन गणेशस्थान र भिमसेनस्थान रहेकै चोक परिसरमा रहेको उँहाको घरमा श्वेत भैरबको ६ फिट अग्लो मूर्ति प्राणप्रतिष्ठासहित स्थापना गरिएको हो। मुर्तीकार मन लामाद्वारा निर्माण गराएर प्रतिस्थापन गरिएको मूर्तिको चौतारासाँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापाले अनावरण गर्नुभएको हो। उक्त आकर्षक मूर्तिको अनावरणपछि जिल्लाको प्राचीन बजार साथै सांस्कृतिक गतिविधिमा केन्द्रीत हुने गरेको चोकको स्वरुपमै नयाँपन आएको छ। जसले गर्दा स्थानीयमा नयाँ उत्साहको थपिएको छ।अनावरण समारोहमा स्थानीय तहका जनप्रतिनिधिहरुका साथै विभिन्न संघ–संस्थाका प्रतिनिधि साथै काठमाडौँ, भक्तपुर, काभ्रे, टोखा, नुवाकोट लगायतका साहित्यिक व्यक्तित्व तथा संस्कृतिकर्मीहरुको उपस्थिति रहेको थियो। जिल्लाका अन्य स्थानमा रहेका अन्य थुप्रै मूर्तिहरु निर्माण गरेर चर्चा कमाइसकेका लामालाई अनावरण समारोहमा दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरिएको थियो। मुर्तीको अनावरण गर्दै नगर उपप्रमुख सिता थापाले नगर भित्र रहेका यस्ता खालका सम्पदाका कारण नगरको सुन्दरता बढ्ने भएकाले मुख्य गहनाका रुपमा मान्दै आएको बताउानु भयो । सिन्धुपाल्चोकबाट प्रकाशित पहीलो र एक मात्र राष्ट्र्रीय देनीक लोकप्रिय समाचारका सस्थापक समेत रहनु भएका श्रेष्ठलाइ बिशेष धन्यबाद दिदै यसरी नगरको गहना संरक्षण गर्नेखालका कार्यक्रममा नगरपालिकाले सहयोग र साथ दिइरहेको बताउँनु भयो ।कार्यक्रममा नाला, काभ्रेका लेखक तथा साहित्यकार रत्न प्रसाद अनामणि श्रेष्ठले श्वेत भैरबको स्थापनाको सांस्कृतिक महत्वबारे चर्चा गर्दै नेवाः समुदायले आफू जहाँ गएपनि देवीदेवताका मूर्तिहरु स्थापना गरेर जात्राहरु सञ्चालन गर्दै आएको विचार व्यक्त गर्नुभयो।त्यसैगरी पत्रकार कुमार रञ्जितले हाथुद्यः समेत भनिने हनुमानढोकास्थित विशाल मूर्तिको नमूना स्वरुपको मूर्ति राजधानीबाहिर यो नै सबैभन्दा ठूलो मूर्ति भएको भन्दै यसले चौताराको पर्यटन उद्योगको विकासमा टेवा पु¥याउने विचार व्यक्त गर्नुभयो।कार्यक्रममा मुर्तीकार लामालाइ सम्मान गर्दै रबीन्द्र श्रेष्ठले यसरी सिन्धुपाल्चोकमा नै मुर्ती स्थपना गरेर जिल्लाको पहीचानमा एक खुट्कीला माथी लगेकोमा बिशेष धन्यबाद दिदै उपत्यका बाहीरको सबै भन्दा ठुलो मुर्ती अनाबरण गर्न पाएकोमा सबैमा आभार ब्यक्त गर्नू भएको छ ।