सम्पर्क

ब्रेकिङ न्युज १

पूर्वमन्त्री दुलाल र सांसद नेपालद्धारा नवनिर्वाचित पत्रकाहरुलाई स्वागत

ब्रेकिङ न्युज १, समाचार
निर्मल बस्नेत बागमती प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलाल र प्रदेश सांसद अमृता नेपालले नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको १२ औँ अधिबेशनको निर्वाचनबाट निर्वाचितहरुलाई स्वागत एवं सम्मान गर्नुभएको छ । मंसिर २८ गते सम्पन्न निर्वाचनमा आगमी ३ बर्षको लागि निर्वाचित महासंघको अध्यक्ष ध्रुव दंगाल लगायतलाई स्वागत गर्नुभएको थियो । स्वागत कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष जीवनप्रसाद श्रेष्ठ, अग्रज पत्रकार सुरेश कसजु पनि सहभागि रहेको थियो । सांसदहरुको स्वागतमा नवनिर्वाचित महासंघका उपाध्यक्ष दिपक अर्याल, उपाध्यक्ष कमला पख्रीन, सचिव टीका सुवेदी, सहसचिव देवराज सुवेदी, सहसचिव सञ्जय तामाङ, कोषाध्यक्ष दीपक खत्री र सदस्यहरु किरण थापा, निर्मल बस्नेत, दिपीन ढुंगाना, बिपना तामाङ गोले, फुलमान तामाङ, बागमती प्रदेश सदस्य सुनीता रखाल, प्रदेश परिषद सदस्य रुपक पुरी लगायतका पत्रकारहरु...

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो

ब्रेकिङ न्युज १, समाचार
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो । निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ६१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६२ रुपैया तोकेको छ । यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, दोस्रा वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ५१ रुपैयाँ निर्धारण गरिएको छ । निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल तोकेको छ । डिपोदेखि १५ किल...

सेरच्यु बरलो साना किसान कृषि सहकारी संस्थाको ११औं बार्षिक साधारणसभा सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
सेरच्यु बरलो साना किसान कृषि सहकारी संस्था भोताङको ११ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले सहकारीलाई अगाडि बढाउनका लागी सबै शेयर सदस्य सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले सहकारीलाई अझै अगाडि बढाउनका लागी पालिकाबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष लामाले उत्पादन वृद्धि गर्न जोड दिनुभयो । अध्यक्ष लामाले उत्पादित बस्तुको बजारीकरण करण देखी आवश्यक तालिमको समेत ब्यबस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो । वडा समाजवादी कार्यक्रम अन्तर्गत उज्यालो भोताङ,सफा भोताङ कार्यक्रमलाई अगाडि बढाउने बताउनुभयो । एक घर,एकधारा कार्यक्रम,अर्गानिक वडा घोषणा गर्ने अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताउनुभयो । अध्यक्ष लामाले पाँचपोखरीलाई पर्यटनको हब बनाउने अभियानमा गाउँपालिका ला...

नेपाल भुतपुर्व सैनिक संघको क्षेत्रिय अध्यक्षमा बोध बिक्रम पण्डित

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल भुतपुर्व सैनिक संघ सिन्धुपाल्चोक क्षेत्र नं २ को क्षेत्रिय अध्यक्षमा बोध बिक्रम पण्डित निर्वाचित हुनुभएको छ । सिन्धुपाल्चोकको मेलम्चीमा भएको नेपाल भुतपुर्व सैनिक संघ क्षेत्र नं २ को प्रथम क्षेत्रिय अधिवेशन बाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । शनिवार भएको अधिवेशन बाट सचिवमा कृष्ण प्रसाद दुलाल, कोषाध्यक्षमा राम कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरूमा, सुदर्शन दनुवार, ईर लामा तामाङ, भक्त बहादुर श्रेष्ठ, शैलेन्द्र गीरि, सानुकान्छा तामाङ, ईन्द्र बहादुर तामाङ, शोम बहादुर तामाङ, चन्द बहादुर थापा, राजकुमार थापा, निल बहादुर खड्का र सन्च तामाङ निर्वाचित हुनुभयो । कार्यसमितिको उपाध्यक्षमा श्याम बहादुर तामाङ र राम बहादुर ठकुरी पनि आजै निर्वाचित हुनुभएको छ । उहाँहरूको आजै पदस्थापना गरिएको अध्यक्ष बोध बिक्रम पण्डितले जानकारी दिनुभयो । ...

एनआरएनए एनसिसी कतारले मनायो २२औं स्थापना दिवस

ब्रेकिङ न्युज १, समाचार
दर्शन सुनार, कतार/लोकप्रिय दैनिक गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसिसी) कतारले आफ्नो २२ औं स्थापना दिवस मनाएको छ । एनसिसी कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा नेपाली राजदूतावास कतारका नवनियुक्त महामहिम राजदूत रमेशचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा बिहिवार साझँ फुलवारी रेष्टुरेन्टको सभाहलमा स्थापना दिवस तथा शुभकामना आदान,प्रदान कार्यक्रम भब्य रुपमा मनाएको हो । बिधिगत रुपमा ब्यानर अनावरण,दिप प्रज्वलन सहित स्थापना दिवसको अवसर पारेर केक काटेर अघि बढेको शुभकामना आदान,प्रदान कार्यक्रममा एनसिसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत मन्तव्य राख्नुभएको थियो । एनआरएनए स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक ब्यक्तित्व,बुद्धिजीवी एनआरएनए अभियान्ता लगायत विभिन्न बैचारिक सगंठन,तथा कतारमा स्थापित विभिन्न संघ,संस्थाका प्रमुखहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । शुभकामना वक्ताहरु...

अन्तराष्ट्रिय मानव अधिकार दिवसमा मानव अधिकारको समिक्षा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  सिन्धुपाल्चोक । ०८१ मंसिर २५ गते ७९ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भ बनाएर डिसेम्वर १० मा सिन्धुपाल्चोकको मानव अधिकार अवस्था बारे समिक्षा कार्यक्रम गरिएको छ ।सन् १९४८ डिसेम्वर १० का दिन सयुक्त राष्ट्र संघबाट मानव अधिकारको बिश्वब्यापी घोषणा पत्र जारी भएको थियो । मानव अधिकारको बिश्वब्यापी घेषणा पत्र जारी भएको दिनलाई बिश्वभर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउदै आइएको छ ।“सामाजिक, आर्थिक र वातावरणीय न्यायको आधारः सिमान्तकृत समुदायको मानव अधिकार” भन्ने मूल यसवर्षको राष्ट्रिय नाराका साथ सदरमुकाम चौतारामा सम्पन्न कार्यक्रममा चौतारा सागाचोकगढी नगर प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका उपप्रमुख, साहायक प्रमुख जिल्ला अधिकारी लगायत सरकारी कार्यालयका प्रमुखहरु, नागरिक समाजका ब्यक्तिहरु, बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु, मानव अधिकार कर्मी, पत्रकार तथा कानुन ब्यवसायीहरु, राजनी...

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ को भवन उद्घाटन

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेत्र बहादुर बस्नेत सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ स्याउलेको वडा कार्यालय भवन उद्घाटन भएको छ ।सोमबार वडा नं. १ का वडाध्यक्ष युवलाल श्रेष्ठको अध्यक्षतामा भएको एक कार्यक्रमकाबीच चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख असतथ्यतामा र उपप्रमुख सिता थापाको बिशेष अतिथ्यतामा नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको हो । वडा कार्यालय भवन उद्घाटन गर्दै नगरप्रमुख सापकोटाले वडा कार्यालय भवन निर्माणसँगै नागरिकले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । मुलुकमा थुप्रै राजनीतिक उचार चडाब आए पनि विकास निर्माणका काममा कसैले पनि अवरोध गर्न नहुने भन्दै नागरिकको सुविधा र आवश्यकतालाई ध्यानमा राखेर काम गर्न पर्ने बताउनु भयो । नवनिर्मित भवनले जनता तथा कर्मचारी दुबैलाई कार्य गर्नको लागी निकै सहज पुराउने सापकोटाको भनाई छ । यसै गरी नगर उपप्रमुख सिता थाप...

नागरिकहरु सचेत भएर काम गर्ने हो भने हिसा भन्ने हुँदैनः उप प्रमुख मन्जु तामाङ

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
बिपना तामाङ,हरेक घरका नागरिकहरु सचेत भएर काम गर्ने हो भने हिसा भन्ने हुँदैन त्यसका लागी हरेक नागरिक सचेत हुन जरुरी हुँन्छ त्यसैले सबै नागरिकले आआफ्नो हैसियत अनुसारको काम गर्न पर्ने बाह्र्बिसे नगर उप प्रमुख मन्जु तामाङले बताउँनु भएको छ । उँहाले १६ दिने लैंगिक हिंसाविरुद्धको अभियान अन्तरगतको कार्यक्रममा सहभागीहरुलाइ समबोधन गर्दै यस्तो बताउँनु भएको हो ।  बाहबिसे नगरपालिकामहिला बालबालिका शाखाको आयोजनमा र इलाका प्रहरी कार्यालयको समन्वयमा बिभिन्न वडाको समुदायमा गएर जनचेतनामुलक कार्यक्रम गर्ने क्रममा शनीबार बाहबिसे नगरपालिका वडा नं ३ मा भएको कार्यक्रममा उँहाले यस्तो बताउँनु भएको हो । वडा नं का वडा सदस्य अनिस पाइनको अध्यक्षतमा र नगर–उपप्रमुख मन्जु तामाङको प्रमुख अतिथिमा शनीबार धारपामा र्याली गरेर समापन गरिएको कार्यक्रममा नगर–उपप्रमुख तामाङले सहभागीहरुलाइ सम्बोधन गर्दै हामी सबैले पहीले आफु कुनै पनी...

तामाङपत्रकार सघ बागमतीमा ज्ञानेन्द्र

ब्रेकिङ न्युज १, विचार, समाचार
तामाङ पत्रकार संघ  बागमती प्रदेश समितीको हेटौंडामा भएको दोस्रो अधिवेशनबाट ज्ञानेन्द्र तामाङ चितवनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।निर्बाचीत उपाध्यक्षमा जगतमान तामाङ (काभ्रे) सचिवमा दिल बहादुर तामाङ (मकवानपुर) सहसचिवमा मायलु लामा (काठमाडौ) कोषाध्यक्षमा पेमा लामा दोङ (दोलखा)सदस्यहरुमा श्याम लाल योन्जन लामा (काठमाडौ) पूर्वा तामाङ (दोलखा) नवराज वाइबा (मकवानपुर)बबिलाल तामाङ (चितवन) विकास वाइवा रहनु भएको छ। यसै गरी अधिबेशनले अर्जुन पाख्रीन तामाङ (दोलखा)मान काजी पाख्रीन तामाङ (सिन्धुपाल्चोक)लाइ केन्द्रिय प्रतिनिधीमा सिफारिसः गरेको छ । शनीबार हेटौडामा भएको अधिबेशनले पत्रकार हक हितका लागी तामाङ पत्रकारहरुको भुमिका महत्व पुर्ण हुने हुँदा उक्त भुमिका निर्बाह गर्न आफुहरु लागी पर्ने नव निर्बाचित पदाधिकारीहरुले बताएका छन ।मानकाजी पाख्रीनको फेसबुकबाट...

बाह्र्बिसेले मानायो हाजीरी प्रतियोगीताका साथ स्वयंसेविका दिवस

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
नेपालको बिभिन्न स्थानमा बिभिन्न कार्यक्रम गरी स्वयमसेवीका दिबस मनाइएको छ । यसरी मनाइने क्रममा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा फेअर मेड र महिला आत्मनिर्भरता केन्द्रको सहयोगमा महिला सामुदायिक स्वयंसेविका दिवस फरक र चेतनामुलक ढङ्गले मनाइएको छ । दिबसको अवसरमा मङ्सिर २० गते बिहिबारका दिन अन्तरवडा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका स्तरिय हाजिरजवाफ प्रतियोगिता आयोजना सम्पन्न भएको छ।बाह्रबिसे नगरपालिका वडा न. १ देखि ९ सम्मका सबै ५८ स्वयंसेविकाहरुलाई सम्मान समारोह समेतको आयोजना गरिएको थियो। बाह्रबिसे नगरपालिका उप–प्रमुख मन्जु तामाङको सभापतित्वमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माका साथै अन्य कर्मचारी, स्वास्थ्यकर्मी, सहयोगी सस्थाका प्रतिनिधि र नगरपालिका भरिका स्वयंसेविकाको उपस्थिती रहेको थियो। हरेक वडाबाट ४÷४ जना स्वयं...