डडुवा बचत तथा ऋण सहकारीको १६औं साधरणसभा सम्पन्न
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वढा नं. १४ मा रहेको डडुवा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६औ बार्षीक साधारणसभा एक समारोहका बिच शनिबार सम्पन्न गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष उद्धब नेपालको प्रमुख अतिथ्यतामा र पुर्ब वडा अध्यक्ष तथा जनमिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेर बहादुर श्रेष्ठ र डडुवा भवानी शङ्कर माध्यमिक बिद्यालयका प्रअ तथा जनहित दुग्ध उत्लादक सहकारी संस्थाका अध्यक्ष बद्री प्रसाद नेपाल लगाएत शेयर सदस्यहरको उपस्थितमिा भएको कार्यक्रमको उद्घघाटन गर्दै प्रमुख अतिथी वडाअध्यक्ष उद्धब नेपालले सहकारीताको माध्ययमबाट गरिएको कामहरका बारेमा प्रशंसा गर्दै सहकारी ऐन अनुसार सहकारीको निती सिद्धान्तमा रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो । आ.व.२०७९/०८० मा रु.७९ लाख ९७ हजार १ सय ५० रुपैयाँ ४५ पैसा कुल आम्दानी गरेकोमा आ.व. २०८०/०८१ को अन्त्यमा ...


