सम्पर्क

जीवनको लागि योगको ठुलो महत्व रहेको छ नगर प्रमुख तामाङ

स्वास्थ्यका लागी अती आबश्यक रहेको स्वस्थ जीवनको लागि योगको ठुलो महत्व रहेको मेलम्ची नगर प्रमुख आइतमान तामाङले बताउँनु भएको छ । पर्यटकहरूको रोजाइमा पर्दै गएको धार्मिक एवम् मनोरम चुचुरोमा पर्यटन प्रर्वधनसँगै स्वस्थ जीवनको लागि योगको महत्वको प्रचार गर्न पदयात्रा सफल भएको यात्रामा प्रमुख अतिथिको रूपमा सहभागी हुँदै उँहाले यस्तो बताउँनु भएको हो ।  

तीन हजार आठ सय मिटर अग्लो आमा याङ्ग्रीको चुचुरोमा मेलम्ची नगर पंमुख सहित विभिन्न स्थानबाट गएका योग साधकहरूले योग तथा ध्यान गरेका थिए । धामिर्क एवम पर्यटकीय रूपमा चर्चित आमा याङ्ग्रीको चुचुरोमा मंगलबार फरक खालको दृश्यले सबैको ध्यान खिचेको थियो । मेलम्ची नगर योग समितिको आयोजनामा भएको दुई दिने योग पदयात्राका क्रममा आमा याङ्ग्रीमा भएको योग साधनाको दृश्यले भ्रमणमा आएका सबै पर्यटकको ध्यान खिचेको थियो ।तीन हजार दुई सय मिटर उचाइको वेस क्याम्पमा एक रात बिताएर झिसमिसेमै उकालो चढ्दा हिँडाइको गति अनुसार डेढ घण्टा देखि तीन घण्टाको उकालो यात्रापछि मनोरम स्थल आमा याङ्ग्री पुग्न सकिन्छ ।

चारैतर्फ हिम चुचुराहरू देखिने अग्लो डाँडाको बीचमा समथर भूभाग र चौरको बीचमा बौद्ध स्तुपाले सुनमा सुगन्ध थपे जस्तै लाग्ने आमा याङ्गी अर्थात वौद्ध धर्मालम्वीहरूको पवित्र तीर्थस्थल एक पटक पुग्नै पर्ने ठाउँ भएको पदयात्राको सहजीकरण गर्नु भएको महिला पतञ्जली जिल्ला समिति सिन्धुपाल्चोककोअध्यक्ष कविता राउतले बताउँनु भयो ।

केहि वर्ष अघिसम्म वौद्ध भिक्षुहरूको तपस्यास्थल र लामाहरु गुफा वस्ने थलोको रूपमा चिनिएको आमा याङ्ग्रीमा अहिले दैनिक हजारौंको संख्यामा आन्तरिक पर्यटकहरुको आगमन हुने गरेको स्थानीयहरुको भनाइ रहेको छ । राजधानी काठमाडौबाट सार्वजनिक यातायातमा करिब तीन घण्टाको यात्रामा पुगिने मेलम्ची बजारबाट दुवाचौर, ककनी, शेर्माथान जस्ता मनोरम बस्तीहरू पार गर्दै सवारी साधनमा करिव साँढे तीन घण्टामा आमा याङ्ग्री वेस क्याम्प पुग्न सकिन्छ । धार्मिक आस्था बोकेर आउने भिच्छुहरूसँगै आन्तरिक र बाह्य पर्यटकको भिड लाग्ने आमा याङ्ग्रीमा मंगलबार भने फरक दृश्य देखियो । बिहान झिसमिसेमै सेतो पोशाक लगाएका योग साधकहरूको भिडले प्राकृतिक सौन्दर्यले मनमोहक डाँडामा आगन्तुक सबैको ध्यान खिच्न सफल भएको पतञ्जली योग समिति बागमती प्रदेश प्रमुख ग्रोविन तौजलेले बताउँनु भयो ।