सम्पर्क

कतारमा नेपाली ईद धमाका हुने, सुपरस्टार पल शाह सहित अन्य कलाकार आउदै

दर्शन सुनार /लोकप्रिय दैनिक, कतार
ईस्लाम धर्मावलम्बीको महान पर्व ईदको पावन अवसरमा कतारमा “नेपाली ईद धमाका“ हुने भएको छ । “मानवसेवा आश्रम नेपालको लागी सहयोगार्थ“ भन्ने मुल नाराका साथ “दि गोर्खाज ईन्टरटेन्मेन्ट हाउस कतारको आयोजना तथा नेपाली फिट्नेस टिम कतारको सहकार्यमा आगामी मार्च ३१ तारिक अल लक्तामा रहेको टयुनिसियन स्कुलको सभाहलमा कार्यक्रम हुने “मिट एन्ड ग्रीट” कार्यक्रममा जानकारी दिनुभयो ।
“नेपाली ईद धमाका २०२५ “ का लागी सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथी कलाकार नायक तथा मोड्ल पलशाह,भर्षटायल गायक,टंक तिमिल्सिना,र चर्चित मोडल स्मारिका ढकाल कतार आउने ईभेन्ट कोडिनेटर तिलु शर्मा पौडेलले जानकारी दिनुभयो । पौडेलले कार्यक्रमको गर्नुको मुख्य उद्धेश्य,कार्यक्रमको मुल खर्च,अतिथी कलाकारहरुको सुरक्षा सम्बन्धि लगायत बिविध बिषयमा प्रष्ट पार्दै २५ वटा टिकट विक्री गर्ने संस्था वा व्यक्तिलाई एउटा विषेश पास उपलब्ध गराउने ५० भन्दा बढी बेच्नेलाई सिल्भर स्पोन्सर, १ सय वटा टिकट बेच्नेलाई गोल्डेन, १ सय ५० टिकट बेच्नेलाई प्लाटिनम र २ सय भन्दा बढी टिकट बेच्नेलाई डाइमण्ड स्पोन्सरको रुपमा वर्गीकरण गरिने समेत जानकारी दिनुभयो ।
मुन्ताजा स्थित गोरखाली रेष्टुरेन्टको सभा हलमा कार्यक्रमका ईभेन्ट म्यानेजर राकेश श्रेष्ठको सभापतित्व तथा गैर आवासिय नेपाली संघ एनसिसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपस्थित विभिन्न विशिष्ट ब्यक्तित्वहरुले शुभकामना मन्तव्य राख्दै कार्यक्रमको भब्य सफलताको शुभकामना व्यक्त गर्दै कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्नको लागी सबैले साथ सहयोग गर्न आग्रह समेत गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी रमेश भट्टले आफ्नो मन्तव्य बोल्दै पछिल्लो समय कतारको समाज निकै फरक र नेगेटिभ रुपको बाताबरण सिर्जना भएको आफुले पाएको र तितो सत्य रहेको बताउनु भयो । नेपाली समाजमा विभिन्न खराब नकारात्मक गतिविधिहरुले गर्दा समाजमा सामाजिक काम गर्न निकै अप्ठ्यारो सिर्जना देखिएको हुदा कतारमा हुने हरेक नेपाली कार्यक्रमहरु कतार सरकारको एप्रुभल बिना कार्यक्रम नगर्न आग्रह समेत गर्नुभयो । भट्टले भोलीका दिनमा एप्रुभल बिना कार्यक्रम गर्दा समस्या भएमा त्यसको जवाफ देही तथा जिम्मेवारी को हुने भन्ने समेत उहाको भनाई रहेको थियो । मानव सेवा आश्रमको लागी आयोजना गरिएको कार्यक्रमलाई सबै जनाले सहयोग गरिदिन समेत अनुरोध गर्नु भएको थियो । कार्यक्रममा उठेका प्रश्नहरुको सबाल जवाफ दिदै सभापति राकेश श्रेष्ठले “दि गोर्खाज ईन्टरटेन्मेन्ट नामक प्राईभेट कम्पनीको स्थापना गरेर ईद धमका कार्यक्रमको आयोजना गरेको बताउनु भयो । उहाँले कतारको नेपाली समुदायलाई आगामी दिनमा कुनै पनि साँस्कृतिक कार्यक्रमको लागी सहजीकरण र सजिलो हुने र कतारमा रहेका नेपालीहरुको लागी बृहत् साँस्कृतिक कार्यक्रम गर्दा दि गोर्खाज ईन्टरटेन्मेन्ट सगं सहकार्य गर्न समेत आग्रह गर्नु भयो । कतारको पछिल्लो अवस्थालाई मध्य नजर गर्दै टिकट सामान्य र न्युनतम मुल्यको टिकट राखिएको जानकारी गराउदै सकारात्मक रुपमा लिईदिनु हुन समेत अनुरोध गर्नुभयो । 
मानव सेवा आश्रममा स्थापना कालदेखि नै आफू जोडिदै आएको र बताउदै गत बर्ष गोरखा जिल्लामा निर्माणधिन भवनमा आफुले सहयोग गरिएको जानकारी गराउदै ईद धमका कार्यक्रमबाट नाफा नोक्सान दुबैलाई मध्य नजर गर्दै आश्रमको खातामा न्युनतम पचास हजार भन्दा माथी रकम पठाउने वचन प्रतिबद्धता समेत जाहेर गर्नु भयो ।टिकट होल्डरहरुको लागी आयोजक टिमको तर्फबाट पानी र निशुल्क यातयातको ब्यवस्था रहेको र कार्यक्रमको हलमा खानाको लागी स्टल राखिने र टिकट होल्डरहरुले खरिद गरेर खान सकिने समेत जानकारी दिनुभयो । नेपालबाट आमन्त्रित अतिथी कलाकार सगैं कार्यक्रम कतारमा रहेका गायन तथा नृत्य बिधाका कलाकारहरुले प्रस्तुति रहने आयोजकले जनाएको छ । इद धमकामा शरिक हुन ईच्छुक ब्यक्तिहरुका लागि प्रवेश शुल्क क रि ५०,१०० र फेमली ग्रुप सहितको भिआईपी टिकट समेत रहेको आयोजकले जानकारी दिनुभएको छ । कार्यक्रममा शरिक हुने टिकट होल्डरहरुको लागी कतारका विभिन्न स्थानहरुबाट निःशुल्क यातयातको ब्यवस्था समेत रहेको छ ।
थप जानकारीका लागी राकेश श्रेष्ठ ५५९९ ७५३९,तिलु शर्मा पौडेल ५५३४७९५७ कृष्ण ढकाल ३१६४ ६३६५,कृष्ण सुनार ६६१८ ५५८२ मा सम्पर्क गर्न सकिने छ । नेपाली फिटनेस टिमका सल्लाहकार कृष्ण ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण ईभेन्ट कोडिनेटर तिलु शर्मा पौडेलले गर्नुभएको थियो ।