सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारासाँगाचोकगढी नगरपालिका ५ मा रहेको चौतारा बहुमुखी क्याम्पसमा दुइ पक्ष बिच नारा बाजी भइरहेको छ । आज शान्तपुर्णरुपमा भइरहेको स्ववियू निर्वाचन शुरु भएको केही बेरमा नै मा निर्बाचन स्थलमा बिबाद भएको थियो । झडपको स्थिती हुन नदीन सुरक्षाकर्मीको समेत बाक्लो उपस्थिती रहेको भएता पनी दुइ पक्ष बिच नारा बाजी भइरशेकोछ ।
फर्जी मत हाल्न खोजेपछि विवाद सिर्जना भएको बुझिएको छ । चौतारा बहुमुखी क्याम्पसमा अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनीयन क्रान्तीकारीले फर्जी मत हाल्न खोजकोे भन्दै अनेरास्वबीयु र नेपाल बिद्यार्थी सघका बिद्यार्थीहरुले बिरोध गरे पछि विवाद भएको बताइएको छ । गठबन्धनका बिद्यार्थीहरुले फर्जी मत हाल्नेलाइ कार्बहकिो माग गरिरहेका छन भने अनेरास्विवयू क्रान्तिकारीले निर्वाचन सुचारु गर्न दबाब दिँदै नारावाजी गरेका छन् भने गठबन्धन (नेविसंघ र अनेरास्विवयु) ले फर्जी मत हाल्न पाइँदैन भन्दै नारावाजी गरेका हुन् ।
