सम्पर्क

सामानको गुणस्तर का बारेमा उपभोक्ताले पनि जानकारी पाउँनुपर्छः प्रजिअ थापा

बजारमा खरिद गरिएको सामान गुणस्तरीय छन की छैनन् र मुल्य कस्तो छ भन्ने बिषयमा उपभोक्ताले पनि जानकारी पाउँन पर्ने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउँनु भएको छ ।उहाँले आइतबार उपभोक्ता अधिकार दिवसको अवशरमा चौतारा साँगाचोकगढी नगरपालिका ५ को वडा कार्यलयको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताउँनु भएको हो ।

कार्यक्रममा उहाँले राम्रा काम गर्नेलाई प्रोत्साहन र नराम्रा काम गर्नेलाई दण्ड सजाएको व्यवस्था भएकाले उपभोक्ताहरुमा बढि मुल्य लिने, सस्तोको नाममा म्याद गुज्रेको समाग्री बिक्री गर्ने कार्य पनी हुन सक्छ त्यसकारण सामानको मिती हेर्ने बिल लिने बिल लिदा मिती र सामानको नाम मुल्य प्रष्टसँग लेख्न लगाउँन पर्ने लगाएतका उपभोक्ताहरुले ध्यान दिनपर्ने कुराहरुको बारेमा प्रष्ट पार्नुभएको थियो ।

विश्व उपभोक्ता अधिकार दिवशका अवशरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थापाले उपभोक्ता हित र सेवा प्रदायक संस्थाहरुले पनि राज्यको कानुनलाई पालना गर्न गराउन शशक्त भूमिका निर्वाह गर्नुपन बताउँनु हुँदै बजार अनुगमनका लागी हरेक पालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई अधिकार दिइएको छ ।
त्यसमा उहाँहरुले अनुगमनको व्यवस्था गरेर अनियमितता गर्नेलाई कार्बाही गर्ने बताउँनु हुँदै जिल्ला स्थित अनुगमन समितीद्धारा पनी बिभिन्न समयमा अनुगमन गरिरहेको र गरिरहने बताउँनु भयो । सो अवसरमा थापाले अनुगमनको लागि स्थानीय सरकार र प्रदेश सरकारलाई अधिकार दिएको बताउदै थापाले सुरक्षाको लागि जिल्ला प्रशासनले आवश्यक व्यवस्था मिलाउने बताउँनु भयो ।

त्यस्तै कार्यक्रमका बिशेष अतिथि चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष शिव श्रेष्ठले बजारमा अनुगमन गर्दा सवैभन्दा वढी अखाद्य बस्तुहरु समेत मिसावट भएको पाइने गरेको बताउँनु हुँदै पछिल्लो चरण बर्थडेको नाममा प्रयोग हुने केकमा सन् २०१८ मा बनेको सामग्री प्रयोग भईरहेको अवस्थामा अनुगमन टोलीले फेला पारी कार्वाही समेत गरिएको बताउँनु भयो ।

उहाँले खाद्यन्न पसलहरुमा औषधी र मदिराजन्य पदार्थहरुसमेत बिक्रि भइरहेको भन्दै यसतर्फ स्थानीय सरकारको ध्यान केन्द्रीत भएको र अनुगमनलाई तिब्रता दिइएको समेत बताउँनु भयो । कार्यक्रममा उद्योग तथा बाणिज्य कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख त्रिपुरारी बख्रेलले उपभोक्ता अधिकार ऐन, उत्पादक, बिक्रेता र उपभोक्ताको दायित्व, सम्वन्धमा प्रस्तुतीकरण गर्दै सिन्धुपाल्चोक जिल्लामा सञ्चालित कार्यक्रम र गतिबिधीहरुको सवालमा समेत सबैलाई जानकारी गराउँनु भएको थियो ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष धु्रव दंगालले ठूला घरानाको नियन्त्रणमा बजार रहेको भन्दै अनुगमनको क्षेत्रलाई प्रभाबकारी ढङ्गबाट बजारलाई खुला र प्रतिस्पर्धी बनाउँदै उपभोक्ता शिक्षालाई प्रभावकारी बनाउन पर्नै बताउँनु भयो ।

यसैगरी विश्व उपभोक्ता महासंघका सिन्धुपाल्चोक अध्यक्ष सुबास गौतमले उपभोक्ता अधिकारको ज्ञान चेतनाको कमीका कारण कैयौ पटक ठगिने गरेको बताउँनु हुँदै नेपालको संबिधान २०७२ को धारा ४४ को मौलिक हकको सवालमा अधिकार प्रयोग र कार्यन्वयनबारे तीन तहकै सरकारले चाँसोका साथ लिएर बढ्नुपर्ने आवश्यकता रहेको बताउँनु भयो ।

यसैगरी कार्यक्रममा जिल्ला लघु उद्यमी संघ सिन्धुपाल्चोकको अध्यक्ष सानुमाया गुरुङले धेरै उपोक्ताहरुले पनि र मुल्यका बारेमा जानकारी पाउँन नसकेकाले पनी ठगीन पुगेको बताउँनु हुँदै यस तर्फ पनि ध्यान दिन पर्ने बताउनु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव हरी कुमार श्रेष्ठले सरकारले उपभोक्ताका लागी खाशै चाँसो नदेखाएको बताउँनु भयो

स्वच्छ प्रतिस्पर्धी बजार, उपभोक्ता संरक्षणको दिगो आधार भन्ने मूल नाराका साथ उद्योग तथा बाणिज्य कार्यालय सिन्धुपाल्चोकले विश्व उपभोक्ता अधिकार दिवश मनाएको हो । सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, छनोट र सुनुवाईलाई उपभोक्ताको चार अधिकारको रुपमा घोषणा गरिएको सम्भझनामा प्रत्येक बर्ष मनाइने गरेको छ । सिन्धुपाल्चोकमा मनाइएको दिवसको सञ्चालन भने उद्योग तथा बाणीज्य कार्यलय का प्रशिक्षक प्रबिनकुमार बस्नेतले गर्नुभएको थियो ।