सम्पर्क

ब्रेकिङ न्युज १

बालमैत्री समाजतर्फको कदमः मेलम्ची नगरपालिका सडक बालबालिकामुक्त घोषणा

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची नगरपालिकाले सडक आश्रित बालबालिकाको पुनःस्थापनामा उल्लेखनीय सफलता हासिल गर्दै, आफ्नो क्षेत्रलाई सडक बालबालिका मुक्त स्थानीय तहको रूपमा घोषणा गरेको छ । यो उपलब्धि सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको निर्देशनअनुसार बैशाख ५ गते प्राप्त पत्रको आधारमा नगरपालिकाले बैशाख १० गते सबै वडाहरूमा पत्राचार गरी सडक आश्रित बालबालिकाको खोज तथा पुनःस्थापनाको व्यवस्थापन गरेपछि सम्भव भएको हो । वडास्तरीय छलफलहरू मार्फत नगरपालिकाले आफ्नो क्षेत्रमा कुनै पनि सडक आश्रित बालबालिका नरहेको निष्कर्ष निकालेको छ । यस निष्कर्षलाई नगर कार्यपालिकाको बैठकले पनि पुष्टि गरेको छ । प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रद्वारा हस्ताक्षरित पत्रमा मेलम्ची नगरपालिकाले बागमती प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालय, जिल्ला समन्वय समिति सिन्धुपाल्चोक, नेपाल नगरपालिका संघ, र गाउँपालिका राष्ट्रिय महासंघलाई समेत सडक आ...

सिन्धुपाल्चोकमा सबैभन्दा कम बेरुजु इन्द्रावतीमा

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा कम बेरुजु इन्द्रावती गाउँपालिकामा रहेको छ । महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन अनुसार इन्द्रावतीमा कुल बजेटको १ दशमलव ४६ प्रतिशत अर्थात २ करोड ६३ लाखको बेरुजु रहेको छ । यस्तै नगरपालिकामध्ये मेलम्ची नगरपालिकामा कम रहेको छ । मेलम्ची नगरपालीकामा कुल बजेटको ४ दशमलव ८५ प्रतिशत अर्थात १६ करोड १७ लाख बेरुजु रहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको कुल बजेटको ७ दशमलव ६७ प्रतिशत बेरुजु रहेको छ भनेबाह्रबिसे नगरपालिकाको कुल बजेटको ५ दशमलव ११ प्रतिशत बेरुजु रहेको छ । जुगल गाँउपालिकाको कुल बजेटको २ दशमलव ३५ प्रतिशत, त्रिपुरासुन्दरी गाउँपालिकामा कुल बजेटको २ दशमलव २४ प्रतिशत, पाँचपोखरी थाङ्पाल गाँउपालिकामा कुल बजेटको २ दशमलव ३० प्रतिशत, बलेफी गाँउपालिकामा कुल बजेटको ४ दशमलव ४४ प्रतिशत बेरुजु रहेको छ । यसैगरी भोटेकोशी गाँउपालिकामा कुल बजेटको १ दशमलव ७७ प्रतिशत, लिसं...

बलेफीमा विद्युतीय शासन प्रणाली र साइबर सुरक्षामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
 कविता श्रेष्ठ कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) सिन्धुपाल्चोकको आयोजनामा र बलेफी गाउँपालिकाको समन्वयमा विद्युतीय शासन प्रणाली तथा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “सूचना र प्रविधिको अभियान, डिजिटल नेपाल निर्माण“ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा स्थानीय सरकारी अधिकारी, सूचना प्रविधि विज्ञ, र समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । क्यान सिन्धुपाल्चोकका महासचिव तथा अनुसन्धानकर्ता सुवास कुँवरले कार्यक्रमलाई सम्बोधन गर्दै विद्युतीय शासन प्रणाली र साइबर सुरक्षासम्बन्धी प्रस्तुति दिनुभयो । उहाँले सामाजिक सञ्जाल, विशेषतः फेसबुक ह्याकिङबाट बच्ने उपायहरू, पासवर्ड सुरक्षाको महत्व, र सरकारी तथा व्यक्तिगत इमेल सुरक्षामा ध्यान दिनुपर्ने विषयमा प्रकाश पार्नुभयो । साथै, सरकारी कार्यालयहरूमा आर्थिक कारोबारसम्बन्धी कुराकानी फेसबुक जस्ता सामाजिक सञ्ज...

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
मोरङ, ३० वैशाख : गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै उहाँले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमतिका आधारमा गभर्नर चाँडै नियुक्त हुने जानकारी दिनुभयो । गृहमन्त्री लेखकले मुलुकमा राजनीतिक स्थिरता एवं आर्थिक समृद्धिका लागि एमाले र कांग्रेसबीच सहमतिका आधारमा निर्माण भएको गठबन्धनको सरकार पूर्ण कार्यकालसम्म सञ्चालन हुने दाबीसमेत गर्नुभयो । उहाँले वर्तमान सरकार जनतामा छाएको निराशालाई चिरेर आशाको किरण दिन गठन भएको बताउनुभयो । गृहमन्त्री लेखकले संविधान र वर्तमान व्यवस्थाविरूद्ध राजावादीका कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पार्नुभयो । उहाँले नेपाली जनताको ठूलो सङ्घर्ष, त्याग एवं बलिदानबाट आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा अन्य कुनै निरङ्कुश व्यवस्था व्यवस्था हुन नसक्ने बताउनुभय...

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै

ब्रेकिङ न्युज १, समाचार
शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६९ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसल...

‘टिपर’ दुुर्घटनामा चालकको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३ नम्बरको ‘टिपर’ उकालोमा ‘ब्याक’ भई अनियन्त्रित हुँदा ‘टिपर’ करिब एक सय मिटर तल खस्दा चालक नुवाकोट सूर्यगढी गाउँपालिका–७ का ४७ वर्षीय लवकुश अधिकारीको मृत्यु भएको हो ।...

बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
जिल्ला सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–१, निङ्गाले बागखोर स्थित मुडे–मेलुङ सडकखण्डमा शुक्रबार साँझ करिब ५ बजे यात्रुबाहक बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दोलखाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५९३४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ७० प ८२३८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । उपचारको लागि खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल ल्याइएका ती चालकलाई साँझ ६ः०५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा संलग्न बस र सवारी चालक दोलखा कालिन्चोक गाउँपालिका–६ निवासी २३ वर्षीय माधव बहादुर कार्की प्रहरी नियन्त्रणमा रहेका छन् । मृतक दोलखा मेलुङ गाउँपालिका–३ निवासी २३ वर्षीय सुरेश रसाइली भएको पुष्टि भएको छ । घटनास्थलमा प्रहरी चौकी मुडे, इलाका प्रहरी कार्यालय बाह्रबिसे, प्रहरी चौकी बलेफी तथा ट्राफिक प्रहरीसहित २० ...

खेती गर्ने बेला भयो किसानलाई मलकै चिन्ता

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
चण्डीका नेपाली कृषकलाइ मानो रोपेर मुरी फलाउँने बेला खेती गर्न छोडेर मल खोज्न परेको छ । सरकारले कृषकलाइ जती सुबिधा दिन्छु भने पनी पैसा तिरेर समयमा मल पाएका छैनन । मौसमी खेती गर्नका लागी समस्या छ यो समस्या समधानका लागी सरकार लागी पर्न पर्ने देखीन्छ । बिगत बर्षहरुमा यो वर्ष समयमै वर्षा भएपछि मकै छर्न थालेका सिन्धुपाल्चोकका किसान रासायनिक मल नपाउँदा चिन्तामा परेका छन् । नियमित तथा मौज्दात मल वितरणमै कमजोरी भएपछि यहाँ मलको हाहाकार देखिएको छ ।खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभावको कारण यहाँका किसानले बर्सेनि सास्ती खेप्नुपरेको छ । धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा मल राख्नुपर्ने बेलमा आवश्यक मल नपाउँदा सिन्धुपाल्चोकका किसान चिन्तामा छन् । रासायनिक मल खरिद गरी स्थानीय तहमा वितरण गर्नुपर्ने जिम्मा कृषि सामग्री कम्पनीलाई छ । कृषि सामग्री कम्पनी काभ्रेका शाखा प्रबन्धक योगेन्द्र...

सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक सरकारको कुनै पूर्वाग्रह थिएन : गृहमन्त्री लेखक

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ, २५ वैशाख : गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको घटनाबारे सदनलाई जानकारी दिनुभएको छ । उहाँले संरक्षक चौधरीलाई पक्राउ गरिएको सम्बन्धमा सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक सरकारको कुनै पूर्वाग्रह नरहेको बताउनुभएको छ । प्रतिनिधिसभामा गृह मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले उठाएका विषयको जवाफ दिँदै गृहमन्त्री लेखकले यसअघि अदालतबाट हुने गरेका पत्राचारलाई कार्यान्वयन गरे जस्तै चौधरीलाई पक्राउ गरिएको घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गरिएको बताउनुभयो । भविष्यमा यस प्रकारका घटना नदोहोरिनेतर्फ सबैलाई सजग र सचेत बनाएको उहाँको भनाइ थियो । सर्वोच्च अदालतमा कार्यरत शाखा अधिकृत महिमानसिंह विष्टले आफ्नो विवेक बाहिर गएर अनधिकृत पत्र लेखेका कारण नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी पक्राउ परेको घटनाप्रति ...

हलगोरु पाल्ने एक सय अठहत्तर किसानले पाए पोषणभत्ता

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
गलकोट (बागलुङ), २५ वैशाखः यहाँको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ । गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत १७८ हलगोरु पाल्ने किसानलाई रु पाँच हजारका दरले पोषणभत्ता वितरण गरेको हो । परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले रु आठ लाख ९० हजार पोषणभत्ता सोझै किसानको हातमा पु¥याइएको अध्यक्ष राजु थापाले बताउनुभयो । उहाँले गाउँपालिकाभित्र हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गरेर १७८ जनालाई रु पाँच हजारका दरले पोषणभत्ता प्रदान गरिएको बताउनुभयो । “हलगोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षणका लागि कार्यक्रम अघि बढाएका थियौँ, हाल १७८ किसानले लाभ उठाउनुभएको छ । पालिकाले गोरु संरक्षण र मलमूत्रको उपयोगिता बढाउनका लागि पहिलो पटक यो कार्यक्र...