सम्पर्क

खेती गर्ने बेला भयो किसानलाई मलकै चिन्ता

चण्डीका नेपाली
कृषकलाइ मानो रोपेर मुरी फलाउँने बेला खेती गर्न छोडेर मल खोज्न परेको छ । सरकारले कृषकलाइ जती सुबिधा दिन्छु भने पनी पैसा तिरेर समयमा मल पाएका छैनन । मौसमी खेती गर्नका लागी समस्या छ यो समस्या समधानका लागी सरकार लागी पर्न पर्ने देखीन्छ । बिगत बर्षहरुमा यो वर्ष समयमै वर्षा भएपछि मकै छर्न थालेका सिन्धुपाल्चोकका किसान रासायनिक मल नपाउँदा चिन्तामा परेका छन् । नियमित तथा मौज्दात मल वितरणमै कमजोरी भएपछि यहाँ मलको हाहाकार देखिएको छ ।खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभावको कारण यहाँका किसानले बर्सेनि सास्ती खेप्नुपरेको छ । धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा मल राख्नुपर्ने बेलमा आवश्यक मल नपाउँदा सिन्धुपाल्चोकका किसान चिन्तामा छन् । रासायनिक मल खरिद गरी स्थानीय तहमा वितरण गर्नुपर्ने जिम्मा कृषि सामग्री कम्पनीलाई छ । कृषि सामग्री कम्पनी काभ्रेका शाखा प्रबन्धक योगेन्द्रकुमार पराजुलीले प्रदेशले लगाइएको भागबन्डामा सिन्धुलीले ७५ मेट्रिक टन, सिन्धुपाल्चोकले ४०, मकवानपुरले ८०, नुवाकोटाले ६०, धादिङले ६०, भक्तपुरले १५ र ललितपुरले ३० मेट्रिक टन पाएको बताउनुभयो ।मल वितरणका लागि समानुपातिक प्रणालीको विकास गर्ने भन्दै २०७४ साल मङ्सिर १ बाट नयाँ प्रणाली लागु भएपछि काभ्रेमा मलको समस्या सुरु भएको हो । त्यसअघि काभ्रेले वार्षिक १९ हजार मेट्रिक टनको मलको खपत गर्ने गरेकोमा त्यसपछि कोटा प्रणालीले आठ हजार मेट्रिक टन आउने गरेको र बाँकी मल चर्को मूल्यमा किन्न किसान बाध्य छन् । यस तर्फ सरकारले ध्यान दिन जरुरी देखीन्छ । कोटा प्रणाली लागु भएपछि सिन्धुपाल्चोकमा कम मल आउन थालेको हो ।