सम्पर्क

सिन्धुपाल्चोकमा सबैभन्दा कम बेरुजु इन्द्रावतीमा

सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा कम बेरुजु इन्द्रावती गाउँपालिकामा रहेको छ । महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन अनुसार इन्द्रावतीमा कुल बजेटको १ दशमलव ४६ प्रतिशत अर्थात २ करोड ६३ लाखको बेरुजु रहेको छ ।
यस्तै नगरपालिकामध्ये मेलम्ची नगरपालिकामा कम रहेको छ । मेलम्ची नगरपालीकामा कुल बजेटको ४ दशमलव ८५ प्रतिशत अर्थात १६ करोड १७ लाख बेरुजु रहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको कुल बजेटको ७ दशमलव ६७ प्रतिशत बेरुजु रहेको छ भनेबाह्रबिसे नगरपालिकाको कुल बजेटको ५ दशमलव ११ प्रतिशत बेरुजु रहेको छ । जुगल गाँउपालिकाको कुल बजेटको २ दशमलव ३५ प्रतिशत, त्रिपुरासुन्दरी गाउँपालिकामा कुल बजेटको २ दशमलव २४ प्रतिशत, पाँचपोखरी थाङ्पाल गाँउपालिकामा कुल बजेटको २ दशमलव ३० प्रतिशत, बलेफी गाँउपालिकामा कुल बजेटको ४ दशमलव ४४ प्रतिशत बेरुजु रहेको छ ।
यसैगरी भोटेकोशी गाँउपालिकामा कुल बजेटको १ दशमलव ७७ प्रतिशत, लिसंखुपाखर गाउँपालिकामा कुल बजेटको ५ दशमलव १५ प्रतिशत, सुनकोशी गाउँपालिकामा कुल बजेटको २ दशमलव ३३ प्रतिशत र हेलम्बु गाँउपालिकामा कुल बजेटको २ दशमलव ४७ प्रतिशत बेरुजु रहेको छ । जिल्लाको १२ वटा स्थानीय तहमा सबैभन्दा कम बेरुजु इन्द्रावती गाउँपालिकामा र सबैभन्दा बढी चौतारा साँगाचोकगढी नगरपालिका रहेको छ ।