बनदेउमा चालकको लापसे तथा कागजात चेकजाँच, दुर्घटना रोकथाममा जोड
कुमार बस्नेत (अधिराज)
सवारी दुर्घटना रोकथा म तथा न्यूनिकरणका लागि सिन्धुपाल्चोकमा सार्वजनिक सवारीसाधन चालकहरुको स्वास्थ्य र कागजात चेकजाँच अभियान सञ्चालन गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चौतारा र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय अँधेरीले उक्त अभियान सञ्चालन गरेको हो ।
अभियान अन्तर्गत अरनिको राजमार्ग र बनदेउ –चौतारा सडकखण्डमा सञ्चालन हुने सार्वजनिक बस तथा यात्रुवाहक सवारीका चालकहरुको लाइसेन्स, पास र स्वास्थ्य,लागू पदार्थ सेवन (ला.प.से.) परीक्षण गरिएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक विष्णु थापाका अनुसार, नियमित स्वास्थ्य परीक्षण, आवश्यक कागजातको प्रमाणीकरण र ट्राफिक नियमको पालना सम्बन्धी निगरानी मार्फत सडक दुर्घटना घटाउने उद्देश्य राखिएको छ । उहाँले भन्नु भयो दुर्घटनाको प्रमुख कारणमध्ये चालकको...

