सम्पर्क

आफन्तको खोजीमा कृष्ण ,नगर प्रमुखबस्नेतद्धारा १लाखसहयोगको घोषणा

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बाल कृष्ण बस्नेतले बेपत्ता परिबारको खोजी कार्यमा सहयोग गर्न नगर पालिकाका नागरिक तथा बस्नेत परिबारसहीत सबैमा आग्रह गर्नु भएको छ । नगर प्रमुख बस्नेतले बेपता भएका रामबहादुर बस्नेतका परिबारलाइ रु एकलाख रुपैया आर्थीक समेत सहयोग गर्ने घोषणा गर्नु भएको छ । शनीबार सामाजीक अभियान्ता अर्जुन भुषाल सहीत आफ्ना परिबाको खोजीमा हिड्नु भएका कृष्ण बस्नेतले नगर प्रमुख बस्नेत सँग भेट गरी आफन्तको खोजीमा सहयोग गर्न अनुरोध गरे पछी नगर प्रमुख बस्नेतले नगर पालिकाका नगरबासी कर्मचारी लगाएत नेपाली काँग्रेस क्षेत्र नं १ सिन्धुपाल्चोकका सबै कार्यकर्ताहरुलाइ समेत खोजी कार्यमा सहयोग गर्न अनुरोध गर्नु भएको छ । १५ बर्ष पहीले काभ्रेको पनौतीमा कृष्ण बहादुर बस्नेत ५बर्षको उमेर हुँदा उँहाको बुबा राम बहादुर बस्नेतले एउटा होटेलमा छोडेको र त्यस पछी हाल सम्म उँहाको पिताको भेट र खबर समेत नभएकाले यो खोजीको अभियानमा लागेको हो । अभिभावक नहुँदा अनागरिक बनेका कृष्ण बस्नेतलाइ अभियानकर्मी अर्जुन भुषालले फेला पारेर बस्नेत आफन्त खोज्ने क्रममा बाह्रबिसे लगिएको थियो । बाबुको फोटो सहित हिँडेका ती बालकले अहिलेसम्म पनि परिवार पत्ता लगाउन सकेका छैन। यस अघी उँहाको पिता ले काम गरेको ठाँउ भकुण्डे बेसीमा समेत गएर खोजी कार्य गएिको र सोही अभियान अन्तरगत बाह्र्बिसे पुगेको हो ।