सम्पर्क

श्रीकृष्णको जीवन दर्शन : आधुनिक समाजका लागि मार्गदर्शक शिक्षा

क्षितिज विक्रम खनाल
श्रीकृष्ण जन्माष्टमी हिन्दू सभ्यतामा विशेष महत्व राख्ने पर्व हो। यो पर्वले केवल धार्मिकभावनालाई मात्र जागृत गर्दैन, यसले ऐतिहासिक, सामाजिक र दार्शनिक दृष्टिले पनि गहिरोसन्देश दिन्छ। द्वापर युगमा कंशको बन्दीगृहमा जन्मिएका कृष्णको जीवन यात्रा असाधारणरह्यो। मथुराको अत्याचारी राजा कंश आफ्नै बहिनी र उनको सन्तानको शत्रु बनेकोअवस्थामा वसुदेव र देवकीका छोरा कृष्ण जन्मिए। जन्मेको क्षणदेखि नै उनको जीवनजोखिमपूर्ण र संघर्षमय थियो। कंशले देवकीका सबै सन्तानलाई मारिरहेको समयमा कृष्णलाईसुरक्षित राख्न वसुदेवले यमुना नदी पार गरेर गोकुल पुर्याए। त्यहाँ यशोदा र नन्दको स्नेह रमाया पाएर कृष्ण हुर्किए। यसरी उनको बाल्यकाल आम ग्वालबालसँग बित्यो।गोकुलमा हुर्किँदै गर्दा कृष्णको जीवन कथामा रमाइलोपन र गम्भीरता दुवै पाइन्छ।बाल्यकालमा उनले माखन चोरी गरेका, ग्वालिनीहरूसँग खेल्दै बाँसुरी बजाएका, साथीहरूलाईरमाइलो गराएका कथा प्रचलित छन्। तर यी रमाइला कथाभित्र पनि गहिरो शिक्षा लुकेको छ।उदाहरणका लागि, गोवर्धन पर्वत कान्छी औंलाले उठाएको कथा केवल चमत्कार मात्र होइन,दम्भी इन्द्रको करप्रणालीविरुद्ध जनतालाई संगठित गर्ने आन्दोलन पनि हो। यसले जनतालाईसंगठित भएर अन्यायविरुद्ध उठ्न सकिन्छ भन्ने दृष्टान्त प्रस्तुत गर्दछ। यसरी बाल्यकालमैकृष्णले साहस, नेतृत्व र संगठनको शक्ति देखाएका थिए।वयस्क भएपछि कृष्णले मथुरामा कंशको वध गरेर अत्याचारको अन्त्य गरे। तर यहाँउल्लेखनीय कुरा के हो भने, उनले आफैंलाई राजा घोषणा गरेनन्। बरु, कंशकै पिता उग्रसेनलाईफेरि गद्दीमा बसालिदिए। यसबाट कृष्णले नेतृत्वको असली स्वरूप देखाए। नेतृत्व पद वा
शक्ति प्राप्ति होइन, जिम्मेवारी, आदर्श र त्याग हो भन्ने शिक्षा उनले आफ्नो व्यवहारबाटदिए। आजको समाजमा जहाँ धेरैजसो नेता स्वार्थका लागि कुर्सीमा टाँसिन्छन्, त्यहाँ कृष्णकोयो दृष्टिकोण प्रेरणादायी छ।
महाभारतको युद्ध कृष्णको जीवनको अर्को महत्वपूर्ण अध्याय हो। पाण्डव र कौरवबीचकोसंघर्ष केवल राजगद्दीको लडाइँ थिएन, यो धर्म र अधर्मबीचको निर्णायक टक्कर थियो। अर्जुनआफ्ना आफन्तहरूसँग युद्ध गर्नुपर्ने अवस्थामा निराश भएका बेला कृष्णले दिएको उपदेश नैभगवद्गीता हो। गीता आज केवल हिन्दू धर्मग्रन्थ मात्र होइन, विश्व दर्शनको महान् ग्रन्थमानिन्छ। यसले कर्मयोग, भक्तियोग, ज्ञानयोगका सिद्धान्त प्रस्तुत गर्दछ। कृष्णले भनेका
थिए—कर्तव्य पालना गर, परिणामको मोह नगर। यो सन्देश आज पनि जीवनलाई सरल,अर्थपूर्ण र संतुलित बनाउन उपयोगी छ। आधुनिक प्रतिस्पर्धा र तनावले ग्रस्त मानिसकालागि गीता नै मानसिक शान्तिको आधार बन्न सक्छ।कृष्णको जीवनलाई सामाजिक दृष्टिले हेर्दा पनि उनी अद्वितीय देखिन्छन्। संस्कृतको ‘कृष्’धातुबाट बनेको कृष्ण शब्दको अर्थ जोत्नु, खन्नु, खेती गर्नु हुन्छ। यस हिसाबले कृष्ण कृषकसंस्कृतिका आरम्भकर्ता मानिन्छन्। ग्वालाको रूपमा उनले पशुपालनलाई सम्मान दिलाए,दुग्धजन्य उत्पादनलाई मूल्यवान् बनाए। उनले अन्नधान्यको महत्व बुझाए, सञ्चय रउत्पादनलाई व्यवस्थित गरे। यसरी कृषक, पशुपालक र श्रमिकलाई समाजमा प्रतिष्ठा दिनेकार्य उनले गरे। आज पनि हाम्रो समाजमा श्रमलाई दोस्रो दर्जामा हेर्ने प्रवृत्ति छ, तर कृष्णलेश्रमलाई गौरव दिलाएका थिए। यस अर्थमा उनी केवल भगवान् होइनन्, श्रमिक वर्गकाअभिभावक पनि हुन्।कृष्णको वर्ण कालो थियो। तर उनी आकर्षक थिए। उनको कालो वर्णले तत्कालीन समाजमाविद्यमान सुन्दरताको परिभाषा बदलिदियो। त्यतिबेला गोरालाई मात्र सुन्दर मान्ने प्रवृत्तिलाईकृष्णले उल्टाइदिए। यसरी उनले विविधतालाई स्वीकार्ने दृष्टि समाजलाई दिए। आधुनिकसमाजमा अझै पनि जात, भाषा, धर्म, लिङ्ग र वर्णका आधारमा भेदभाव हुने गरेको छ।कृष्णको जीवनले सिकाउँछ—सुन्दरता र मूल्य आन्तरिक गुण र कर्ममा हुन्छ, बाह्य स्वरूपमाहोइन। यो दृष्टिकोण आज पनि अत्यन्त सान्दर्भिक छ।श्रीकृष्णको जीवनसँग जोडिएको अर्को बहसिलो पक्ष हो—उनका श्रीमतीहरूको कथा। कतिपयले
यसलाई नकारात्मक दृष्टिले हेर्छन्, बहुविवाहको दोष लगाउँछन्। तर यथार्थमा भौमासुरलेअपहरण गरेका हजारौँ युवतीलाई कृष्णले उद्धार गरेर पुनःस्थापित गरेका थिए। त्यससमयमा समाजले यस्ता महिलालाई स्वीकार नगर्ने स्थिति थियो। कृष्णले भने उनीहरूलाईसम्मानका साथ आश्रय दिए। यसलाई केवल विवाहको प्रसङ्ग होइन, सामाजिकपुनःस्थापनाको जिम्मेवारीको रूपमा बुझ्नुपर्छ। आज पनि महिला हिंसा, अपहरण वाबेचबिखनका पीडितलाई समाजले सजिलै स्वीकार गर्दैन। यस्तो अवस्थामा कृष्णको उदाहरणलेहामीलाई गहिरो शिक्षा दिन्छ—मानवताको पहिलो कर्तव्य पीडितलाई आत्मसात् गर्नु हो।कृष्णको जीवन कला, संगीत र प्रेमसँग पनि गहिरो रूपमा जोडिएको छ। उनले मुरली बजाए,रासलीला गरे, वनमालीको प्रतीकमार्फत सौन्दर्यलाई सम्मान दिए। यसरी उनले जीवनलाईकलात्मक बनाए। उनले देखाए—जीवन केवल संघर्ष मात्र होइन, प्रेम, रमाइलो र सौन्दर्य पनि
हो। यही कारण कृष्णलाई पूर्ण व्यक्तित्व मानिन्छ। युद्धका बेलामा अर्जुनलाई योग शिक्षादिने कृष्ण शान्त समयमा मुरली बजाएर गाउँलाई रमाइलो बनाउँथे। यो जीवनको सन्तुलनहो, जुन आजको समाजले पनि सिक्नुपर्ने कुरा हो।आज हामी आधुनिक समाजमा छौँ। विज्ञान, प्रविधि र विकासको दौड भए पनि समाजमाअसमानता, अन्याय, भ्रष्टाचार, हिंसा र विभाजन अझै छन्। यस्तो अवस्थामा कृष्णको जीवन रशिक्षाको महत्व अझ बढ्छ। कंश र इन्द्रविरुद्ध लडेजस्तै हामीले पनि शोषण रअन्यायविरुद्ध आवाज उठाउनुपर्छ। गोवर्धन पर्वत उठेजस्तै जनता संगठित भए जुनसुकैशक्तिशालीलाई पनि परास्त गर्न सकिन्छ। कृषक कृष्णको आदर्शले हामीलाई श्रम रउत्पादनलाई सम्मान गर्न सिकाउँछ। कृष्णको कालो वर्णले विविधतालाई आत्मसात् गर्न प्रेरणादिन्छ। अपहृत युवतीलाई आश्रय दिने मानवीयता आजका पुनःस्थापनाका प्रयाससँग मेलखान्छ। गीता हाम्रो जीवनलाई मार्गदर्शन गर्न सक्ने दार्शनिक आधार हो। यी सबै शिक्षालेहामीलाई केवल धार्मिक विश्वास नभई सामाजिक चेतना र नैतिक जीवनशैली दिन्छ।श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदा हामी केवल मन्दिरमा फूल, धुप र नैवेद्य चढाएर मात्रनबसौँ। त्यो श्रद्धा अधूरो हुन्छ यदि हामीले कृष्णको जीवनबाट शिक्षा लिएनौँ भने। कृष्णलेदेखाएका गुणहरू—साहस, नेतृत्व, त्याग, संगठन, श्रमप्रतिको सम्मान, विविधताको स्वीकृति, प्रेमर कला, मानवताको उदारता—यी सबैलाई हामीले व्यवहारमा उतार्नुपर्छ। यदि हामीले यीगुणलाई आत्मसात् गर्न सक्यौँ भने हाम्रो जीवन मात्र होइन, हाम्रो समाज पनि न्यायपूर्ण,
समावेशी र समृद्ध बन्न सक्छ।यस अर्थमा श्रीकृष्ण केवल भक्तका भगवान् मात्र होइनन्, सम्पूर्ण मानवका गुरु हुन्। उनकोजीवन दर्शनले हामीलाई सिकाउँछ—धर्म भनेको अनुष्ठान मात्र होइन, सत्य, न्याय र प्रेममाआधारित जीवन हो। कृष्णलाई अन्धविश्वासका रूपमा होइन, शिक्षाको स्रोतका रूपमा बुझौं।उनको जीवन आदर्शलाई आत्मसात् गरेर हामी आफैँ पनि आफ्नो क्षेत्रमा कृष्ण बन्न सकौँ।यही हो श्रीकृष्ण जन्माष्टमीको वास्तविक महत्त्व।