सञ्जय तामागं काठमाडौँ । आठौँ संस्करणको जिल्लास्तरीय पाँचपोखरी टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पाँचपोखरी क्रिकेट क्लब र हेलम्बु गाउँपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ। सोमबार तल्लो मूलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनलमा पाँचपोखरीले पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई र हेलम्बुले मेलम्ची नगरपालिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। पहिलो सेमीफाइनलमा पाँचपोखरीले पाँचपोखरी क्रिकेट क्लबलाई ३३ रन र हेलम्बु गाउँपालिकाले मेलम्ची नगरपालिकालाई २७ रनले पराजित गर्दै दुबैले फाइनल भेट पक्का गरेको हो । पहिलो सेमिफाइनलमा टस हारेर ब्याटिङ गरेको पाँचपोखरी क्रिकेट क्लबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनायो। प्रतिक श्रेष्ठले २४ बलमा ४४ रन बनाए भने कप्तान सार्थक धितालले ४१ र बुद्धिमान पाख्रिनले ३३ रन जोडे । अन्त्यतिर पुजन धितालले १० बलमा अविजित २६ रनको आक्रामक इनिङ्स खेले ।
हिमालयनका कप्तान पेम्बा तामाङले ३ विकेट लिए । जवाफमा पाँचपोखरी हिमालयन क्रिकेट क्लब १९ ओभरमा १२४ रनमा अलआउट भयो। कर्मा तामाङले ३४ तथा पासाङ तामाङले २० रन बनाए पनि टोलीलाई जिततर्फ डोर्याउन सकेनन्। पाँचपोखरी क्रिकेट क्लबका विजयकुमार धितालले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ९ रन मात्र खर्चेर ३ विकेट लिए । मनोज खड्काले २ तथा प्रतिक श्रेष्ठले २ विकेट हात पारे । दोस्रो सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको हेलम्बुले २० ओभरमा २ विकेट गुमाएर १५७ रन बनायो । सचिन लेखक शतकबाट ४ रनले चुके पनि ६४ बलमा १० चौका र ३ छक्कासहित अविजित ९६ रनको उत्कृष्ट इनिङ्स खेले । शिवम तिवारीले १९ बलमा अविजित ३७ रन थपे । १५८ रनको लक्ष्य पछ्याएको मेलम्ची १९ ओभरमा १३० रनमा समेटियो । बाबिन बोहराले ४७, अभिषेक चौलागाईंले ३३ तथा सुभाष खत्रीले २६ रन बनाए पनि टोलीलाई फाइनल पुर्याउन सकेनन् । हेलम्बुका शिवम तिवारीले ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिएर खेलको दिशा नै बदलिदिए । कप्तान विवेक तामाङले ३ विकेट लिए । पहिलो सेमिफाइनलमा प्रतिक श्रेष्ठ तथा दोस्रो सेमिफाइनलमा सचिन लेखक प्लेयर अफ द म्याच घोषित भए । सचिनले भने आफ्नो पुरस्कार शिवम तिवारीलाई हस्तान्तरण गरे । पाँचपोखरी क्रिकेट क्लबका पूर्व अध्यक्ष तथा हाल अष्ट्रेलियामा रहेका उत्सव धितालले प्लेयर अफ द म्याच प्रायोजन गरेका छन् । प्रतियोगिताका प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १ हजार रुपैयाँ प्रदान गरिँदै आएको छ । अब प्रतियोगिताको उपाधिका लागि मंगलबार पाँचपोखरी क्रिकेट क्लब र हेलम्बु गाउँपालिका फाइनलमा आमनेसामने हुनेछन् ।
हिमालयनका कप्तान पेम्बा तामाङले ३ विकेट लिए । जवाफमा पाँचपोखरी हिमालयन क्रिकेट क्लब १९ ओभरमा १२४ रनमा अलआउट भयो। कर्मा तामाङले ३४ तथा पासाङ तामाङले २० रन बनाए पनि टोलीलाई जिततर्फ डोर्याउन सकेनन्। पाँचपोखरी क्रिकेट क्लबका विजयकुमार धितालले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ९ रन मात्र खर्चेर ३ विकेट लिए । मनोज खड्काले २ तथा प्रतिक श्रेष्ठले २ विकेट हात पारे । दोस्रो सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको हेलम्बुले २० ओभरमा २ विकेट गुमाएर १५७ रन बनायो । सचिन लेखक शतकबाट ४ रनले चुके पनि ६४ बलमा १० चौका र ३ छक्कासहित अविजित ९६ रनको उत्कृष्ट इनिङ्स खेले । शिवम तिवारीले १९ बलमा अविजित ३७ रन थपे । १५८ रनको लक्ष्य पछ्याएको मेलम्ची १९ ओभरमा १३० रनमा समेटियो । बाबिन बोहराले ४७, अभिषेक चौलागाईंले ३३ तथा सुभाष खत्रीले २६ रन बनाए पनि टोलीलाई फाइनल पुर्याउन सकेनन् । हेलम्बुका शिवम तिवारीले ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिएर खेलको दिशा नै बदलिदिए । कप्तान विवेक तामाङले ३ विकेट लिए । पहिलो सेमिफाइनलमा प्रतिक श्रेष्ठ तथा दोस्रो सेमिफाइनलमा सचिन लेखक प्लेयर अफ द म्याच घोषित भए । सचिनले भने आफ्नो पुरस्कार शिवम तिवारीलाई हस्तान्तरण गरे । पाँचपोखरी क्रिकेट क्लबका पूर्व अध्यक्ष तथा हाल अष्ट्रेलियामा रहेका उत्सव धितालले प्लेयर अफ द म्याच प्रायोजन गरेका छन् । प्रतियोगिताका प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १ हजार रुपैयाँ प्रदान गरिँदै आएको छ । अब प्रतियोगिताको उपाधिका लागि मंगलबार पाँचपोखरी क्रिकेट क्लब र हेलम्बु गाउँपालिका फाइनलमा आमनेसामने हुनेछन् ।Sanjaya Tamang लाई केही कुरा लेख्नुहोस्
