सम्पर्क

काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना ः७ जनाको मृत्यु, १५ जना घाईते

.

 

काभ्रेपलाञ्चोक जिल्लाको बुच्चाकोट क्षेत्रमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । बिपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका –२ स्थित बुच्चाकोटमा भएको उक्त दुर्घटनामा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनापछि घाईतेहरुलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाईएको छ । मृतकहरुको पहिचान तथा दुर्घटनाको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बनेपाबाट रोशी गाउँपालिका हुँदै खार्पाचोक –सुङ्गुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ