सिन्धुपाल्चोक– सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकालाई पालिकास्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित एक विशेष कार्यक्रमकम बीच यो महत्वपूर्ण घोषणा गरिएको हो ।
कार्यक्रममा गााउँपालिकाले खोप कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी, व्यवस्थित र निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । गाँउपालिकाका अध्यक्ष भक्तध्वज बोहराको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष गिताकुमारी नेपालको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपाली , जनस्वास्थ्य कार्यालयका प्रतिनिधि ,निसान सापकोटा तथा विभिन्न वडाका अध्यक्षहरु सिताराम थापा , रमेश राउत, शिव कुमार कार्की , टेक बहादुर गुभाजु, यादप श्रेष्ठ र रमेश बोहराको उपस्थिति रहेको थियो । कार्यक्रममा रमेश बोहरा लगायतका स्थानीय प्रतिनिधिहरुले गााउँपालिकाको यो कदमप्रति खुसी व्यक्त गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो । सो अवसरमा बोल्दै गााउँपालिका अध्यक्ष बोहरा र उपाध्यक्ष नेपालले स्वास्थ्य क्षेत्रमा लगानी बढाउनु पालिकाको प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।
उहाँहरुले खोप अभियानलाई सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै आभार प्रकट गर्नुभयो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख चन्द्र नारायण साहले पूर्णखोप अभियानको हालसम्म प्रगति, चुनौती र उपलब्धिहरुका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो ।
