घनश्याम नेपाल _शीतल चौ सा ग ४
जस्तो गल्ति गरौँ सदा समयमा हे नाथ तिम्रो अघी
मज्जाले शिर यो झुकाइ जहिले तिम्रै नजीकै रहि ।
जत्रो आँधि र भेलमा पनि बचौँ जोड्दै छु औँलाहरू
आखाँलाइ निचोरिरैछु प्रभु हे हुन् अश्रु थोपाहरू ।
त्यस्तो मंगल कर्म गर्न कसरी जानौँ कसोरी अब
जे जे कर्म छ गर्नु रात दिनमा साथी छ दुश्भाव छ ।
मैले आज कता गएर प्रुभुको त्यो दिब्य दर्शन् छिटै
पाऊँने कुन कर्म आज म गरौँ श्रीकृष्ण हे नाथ् छिटै ।
राधा कृष्ण भनेर जाप कसरी टक्राउँ मैले कहाँ
मेरो चित्त सफा गरौँ म कसरी गंगा म देखौँ कहा ।
छाती भित्र सजाउने छ मन यो श्री कृष्ण मेरो भनि
अर्पौँ के प्रभुलाइ आज महिले जन्माष्टमीमा अनि ।
