बागमती प्रदेस सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज मन्त्रिपरिषद्लाई पूर्णता दिनु भएको छ । नेपाली कांग्रेसको भागमा परेका ५ मन्त्रालये १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेर सरकारलाइ पुर्णता दिनु भएको हो । बहादुर सिंह लामाले सिफारिस गरेका ३ मन्त्रीलाई भने बानियाँले सूचीमा राख्नु भएको छैन । नेकपा एमालेबाट ६ मन्त्री यसअघि नै नियुक्त हुनु भएको छ साउन २० गते मुख्यमन्त्री बन्नु भएको ा बानियाँले साउन २७ गते विश्वासको मत लिनु भएको थियो ।
बागमती मन्त्रिपरिषद्का सदस्य एवं कार्यविभाजनइन्द्रबहादुर बानियाँ मुख्यमन्त्री – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधुसूधन पौडेल मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, शिवराज अधिकारी मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय,किरण थापामगर मन्त्री, स्वास्थ्य मन्त्रालय,उर्मिला नेपाल मन्त्री, युवा तथा खेलकुद मन्त्रालय, कन्चन चन्द्र वादे मन्त्री, सामाजिक बिकास मन्त्रालय,डा. दिनेशचन्द्र देवकोटा मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रभात तामाङ मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय,भरतबहादुर के.सी. मन्त्री, वन तथा वातावरण मन्त्रालय,सुरेश श्रेष्ठ मन्त्री, संस्कृति तथा पर्यटन मन्त्रालय, जयराम थापा मन्त्री, श्रम, रोजगार तथा यातायात मन्त्रालय, कृष्णकुमार तामाङ मन्त्री, खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय,विन्दु श्रेष्ठ मन्त्री उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय,विनु रायमाझी पौडेल मन्त्री, सहकारी तथा गरिबी निवारण मन्त्रालय रहनु भएको छ । नेकपा एमालेबाट सरकारमा नेतृत्व गर्दै ललितपुरका मधुसुदन पौंडेललाई कृषि तथा पशुपन्छी विकास, काठमाडौंका डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास, रसुवाका भरत केसीलाई वन तथा वातावरण, काठमाडौंकै जयराथ थापालाई श्रम, रोजगार तथा यातायात, बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने काँग्रेसको मुख्य मन्त्री सहीत सामाजिक विकास मन्त्रालयमा काभ्रेका कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका प्रभात तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी उर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी बिनु रायमाझी पौंडेललाईसिन्धुपाल्चोकका कृष्ण तामाङ र जिम्मेवारी पछि तोकिने गरि धादिङका शिवराज अधिकारी मुख्यमन्त्रीसहित ६ वटा मन्त्रालय र एमालेले ६ वटा मन्त्रालय लिएको थियो।निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले कांग्रेसभित्रको विवाद समाधानका लागि भन्दै संस्कृति तथा पर्यटन र सामाजिक विकास मन्त्रालय फुटाएर सहकारी तथा गरिबी निवारण मन्त्रालय खडा गरेपछि मन्त्रालय संख्या १४ पुग्यो भने कांग्रेसले थप एउटा लिएको हो ।
