नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशको प्रथम अधिबेशन सम्पन्न भएको छ ।
नेपाली काँग्रेस निक नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशको आइतबार भक्तपुरमा भएको अधिवेशनबाट अष्ट कुमार कवे अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ । यस्तै, उपाध्यक्षद्वयमा तेजकुमार डंगोल र सुनिता मैनाली, सचिवमा उज्ज्वल श्रेष्ठ तथा सहसचिवहरूमा अमृत लुङ्घवा, गौरब बस्नेत, पूर्णबहादुर गुरुङ र निरज खड्का निर्विरोध निर्वाचित हुनु भएको छ । कोषाध्यक्षमा भने रविन्द्रमान महर्जन निर्वाचित हुनु भएको छ। यसैगरी, कार्यसमिति सदस्यमा सुमित्रा श्रेष्ठ, कविन ब्यन्जन्कार, भागवत खड्का, नवराज पाख्रिन, जनार्दन बस्नेत, केदार माझी, प्रकाश पाण्डे, राजेन्द्र घले, गोपालबहादुर तामाङ, सुक्रबहादुर माझी, तेजनारायण पसछे , बुद्धिमान स्यान्ताङ्ग गरिना आचार्य, राजेश राउत, विक्रान्त विस्ट, मिना पौडेल, विष्णुकुमारी बस्त्रेत, सरिता खड्की र सुनकुमारी लामा कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत को प्रमुख अतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
कार्यक्रमको उद्धघाटन गर्दै बस्नेतले राज्यले खेलकुदको विकासमा लगानी बढाउनु पर्ने बताउनु भएको छ । पुर्ब मन्त्री बस्नेतले खेलकुदको विकासले राज्यको विकास विश्वमा राज्यको नाम उच्च राख्न सक्ने बताउनुभयो ।नेपाल लाकतान्त्रिक संघ महाधिवेशन निर्देशकसमेत रहनु भएका बस्नेतले खेलकुदको विकासले राज्यको समग्र वकासमा टवा पुग्ने भन्दै खेलकुदालाई तीन तहकै सरकारले प्राथमिकतामा राखेर अगाडि बढाउनु पर्ने औल्याउनु भयो ।लोकतान्त्रिक खेलकुद संघलाई जिल्ला, प्रदेश तह सम्म बिस्तार गर्दै ७७ वटै जिल्लामा पुर्याउनु पर्ने बताउँनु हुँदै देश विदेशमा प्रतिस्पर्धा गरेर देशका लागि पदक जित्न सक्ने खेलाडी उत्पादनमा संघ लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति एवं संघीय सांसद दुर्लभ थापाले भक्तपुरमा खेलकदको विकास तिब्र गतिमा भइरहेको बताउदै लोकतान्त्रिक खेलकुद संघ अझै सक्रिय भएर लाग्नु पर्ने बताउनुभयो ।नेपाली काँग्रेस खेलकुद विभागका प्रमुख उमेशजंग रायमाझीले खेलकुदलाई सामान्य रुपमा लिएर खेलकद र खेलाडीको विकास नहुने भन्दै उहाँले खेलमा आउने युवा पुस्ताले पनि खेललाई सामान्य रुपाम लिन नहुने बताउनुभयो ।
उँहाले खेलकुदको विकासका लागि राज्यले स्पष्ट नीति लिएर अगाडि बढ्नु पर्ने बताउदै खेलाडीले पनि आफ्नो लागि भन्दा पनि देशको लागि खेल्छु भन्ने प्रण गरेर अगाडि बढ्नु पने बताउनुभयो ।कार्यक्रमका सभापति एवं संघका अध्यक्ष अष्ट कवेँले धनी गरिब, जातजाति कुनै पनि क्षेत्रमा विभेद नगरी सबैको समान सहभागिता रहने खेलकुद क्षेत्रमात्रै रहेको र यस क्षेत्रमा सबै नागरिकलाई अट्न सक्ने बताउनुभयो ।उहाँले भारत र चीन जस्तो शक्ति राष्ट्रहरुको बीचमा रहेको नेपालले यी विश्वभरका शक्ति राष्ट्रलाई पराजित गर्न सक्ने क्षेत्र भनेको खेलकुद मात्रै रहेकाले खेलकुदको विकासमा सबैको सहयोग र चासो रहनु पर्ने बताउनुभयो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकका प्रमुख सुरेन्द्र श्रेष्ठ, मध्यपुर युथ एशोसिसनका संस्थापक अध्यक्ष एवं राष्ट्रिय खेलाडी उपेन्द्रमान सिंह, काँग्रेस मध्यपुर नगर समिति सभापति हरिदास प्रजापतिलगायतले मध्यपुरमा खेलकुदको विकासमा फड्को मारेको चर्चा गर्दै तिनै तहकै सरकारको सहयोग र समन्वयम खेलकुदको बिकासमा लाग्ने बताउनुभयो ।कार्यक्रममा हालै अजरबैजानको बाकु सहरमा सम्पन्न अन्तर्राष्ट्रिय बुदो मार्सल आट्र्स प्रतियोगितामा गोल्ड मेडल प्राप्त गर्ने खेलाडी तथा रेफ्रीलाई नगद सहित सम्मान गरिएको थियो ।
