नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आयोजनामा बालबालिका संवेदनशीलसम्बन्धी दुई दिने तालिम भएको छ । नेपाल पत्रकार महासंघका पूर्व केँद्रीयअध्यक्ष तथा तालिमका मुख्य प्रशिक्षक धर्मेन्द्र झा रहनु भएको थियो भने नेपाल पत्रकार महासंघका पुर्ब जिल्ला अध्यक्ष रिषीराम पौड्याल लगाएत प्रशक्षिकको भुमिकामा रहनु भएको थियो ।
नेपाल पत्रकार महासंघ लसिन्धुपाल्चोकका अध्यउक्ष ध्रुब दङ्गालको अध्यक्षतामा सञ्चार कर्मीहरुकलाइ बालबालिका संवेदनशीलसम्बन्धी तालिम दिइएको हो । प्रशिक्षण कार्यक्रममा पुर्ब केनिद्रय अध्यक्ष झाले सहभागी पत्रकारलाई समाचार तयार गर्दा पीडित बालबालिकाको सुरक्षा, मर्यादा र गोपनीयता समबन्धी विशेष ध्यान दिदै सत्य र तथ्यमा आधारित र संवेदनशील समाचार लेख्न पर्ने बताउँनु भयो ।
तालिममा पत्रकारहरुलाई विद्यालयस्तरमा हुने लैङ्गिक हिंसा सम्बन्धी मुद्दाहरूलाई संवेदनशीलतापूर्वक प्रस्तुत गर्ने, बालबालिकाको अधिकार र सुरक्षालाई प्राथमिकता दिने तर्फ ध्यान दिनु जरुरी रहेको बताउँनु भयो । चौतारा साँगाचोकगढी नगरपालिका–स्थित अरनिको होटलको सभाहलमा श्रावण ३१ गते र भदौ १ गते दुइ दिन चलेको तालिममा “विद्यालयस्तरमा लैङ्गिक हिंसा तथा बालबालिकासम्बन्धी विषयमा नैतिक पत्रकारिता” तालिम सञ्चालन भएको हो । टुकी एसोसिएसन सुनकोशीको प्राविधिक सहयोग र नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आयोजनामा भएको तालिममा सहभागीहरुलाई घटनासँग सम्बन्धित अध्ययन केस प्रस्तुत गर्ने, समुदाय र नीतिगत तहमा वकालत गर्ने र समाचारको प्रभाव मूल्याङ्कन गर्ने सीप प्रदान गरिएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाले तालिमको समापन गर्नु हुँदै पत्रकारिताले समाज परिवर्तनमा ठूलो भूमिका खेलेको बताउँनु भयो । कार्यक्रममा सापकोटाले विद्यालयमा हुने लैङ्गिक हिंसा रोकथामका लागि जिम्मेवार र नैतिक पत्रकारिता अपरिहार्य भएको उल्लेख गरेको बताउँनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगालले यस प्रकारका तालिमले स्थानीय पत्रकारलाई दक्ष र उत्तरदायी बनाउन सहयोग पुगेको विश्वास व्यक्त गर्दै टुकी सघं सुनकोशी र तालिममा आफ्नो अमुल्य समय दिएर प्रशिक्षण दिनुहुनै पुर्ब केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा,पुर्ब जिल्ला अध्यक्ष रिषीराम पौड्याल सहीत सहभागी सबैलाइ आभार धन्यवाद दिनु भयो ।
