सम्पर्क

कालिका इनर्जी को सार्वजनिक सुनाइ बाह्रबिसेमा सम्पन्न

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका कवड हलमा भोटेकोसी ५ जलविद्युत आयोजना (४६ मे .वा ) कालिका इनर्जी लिमीटेड सार्वजनिक सुनाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठ बाह्र्बिसे नगरपालिकाका नगर प्रमुख बाल कृष्ण बस्नेत लगाएत बाह्रबिसे नगरपालिका वडा न. ३,४,५,८,९ का वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरु उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बुदाराज बस्नेत पुर्व अध्यक्ष राजकुमार बस्नेत उद्योग बाणिज्यका सदस्यहरू लगाएत सरकारबाल निकायका प्रमुख र प्रतिनिधिहरु उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनाइ कार्यक्रममा प्रभावित क्षेत्रका प्रभाबीत बासिन्दाहरुल आफ्ना माग सहित लिखित रुपमा राखेका थिए। प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले केही समय नार जुलुस गरि होहल्ला गरीरहँदा कालिका इनर्जी का  अध्यक्ष  मोहन बिक्रम कार्की ले आफ्नो भनाइ राख्दै स्थानीय बासिन्दाले कार्यक्रममा राखिएका मागहरूका बारेमा जानकारी गराउँनु भएको थियो । उँहाले  समस्या समधानका लागी छलफल गरेर अगाडी बढ्ने बताउँनु भए पछी प्रभाबीतहरुले होहल्ला गर्न छोडेका थिए। कर्यक्रममा नगर प्रमुख बालकृष्ण बस्नेतले योजनाहरु कार्यन्वयन गर्दा बिशेष गरी व्रभाबीतहरुको समस्याका बारेमा छलफल गरेर अगाढी बढ्न पर्ने र प्रभाबीतहरुले पनी योजना सम्पन्न गराउँन आफ्ना तर्फबाट गर्न र हुन सक्ने सहयोग गर्न पर्ने बताउँनु भयो । कार्यक्रम आयोजनाको तर्फबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई आफ्नो भनाइ प्रतिक्रिया सल्लाह सुझाव र जिज्ञासा राख्न समय प्रदान गरिएको थियो । “भोटेकोशि ५ जलविद्युत आयोजना(४६ मे . वा ) को सार्वजनिक सुनाइ कार्यक्रममा सुरक्षाको ब्यवस्था कडा पारेको थियो । आइतबार प्रभाबीतबासिन्दा र कालीका बिच जनप्रपतिनिधीहरुको उपस्थितीमा आयोजना सञ्चालनमा एक आपसमा मिलेर सहयोग गर्ने सहमती भएको थियो ।