सम्पर्क

ब्रेकिङ न्युज १

स्थापित महिला नेत्री शर्मालाई सञ्चार मन्त्रालयको नेतृत्व

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नविनयुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पद बहाली गर्नुभएको छ ।  राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै मन्त्री शर्माले ‘सञ्चारको पहुँच सुनिश्चित गराउने’सम्बन्धी कार्यक्रमको विद्युतीय माध्यमबाट सुरुआत गर्नुभयो । उहाँले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउनेतर्फ आफ्नो विशेष सक्रियता हुने बताउनुभयो ।देशभर सञ्चारसेवालाई सर्वसुलभ, पहुँचयोग्य बनाउने र त्यसका लागि सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू नयाँ क्षेत्रमा आएको भन्दै मन्त्रालय र मातहतका सबै निकायको यथेष्ट जानकारी लिएर यसभित्र रहेका समस्या समाधान गर्ने उहाँको भनाइ छ । पदभारपछि सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानी गर्दै उहाँले पार्टीले दिएको जिम्मेवारीलाई पूर्णरुपमा कार्यान्वयन गर्ने र त्यसमा सबैको साथ त...

बच्छलादेवी माविको ५७ औं वार्षिकोत्सव सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धु पाल्चाचेक जिल्लाको बाह्रबिसे नगरपालिका – ७ स्थित बच्छलादेवी माध्यमिक विद्यालयको ५७ औ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मंगलबार सम्पन्न भएको छ ।       ५७औ वार्षिकोत्सवको उदघाटन गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम प्रतिनिधि सभा क्षेत्र नं. २ का संसद माननीय मोहन बहादुर बस्नेतले गुणस्तरिय शिक्षा आजको आवश्यकता भएको बताउदै शिक्षाको गुणस्तरियता अभिवृद्धिका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उँहाले शिक्षा सिकाइमा प्रयोगात्मक सिकाइ पनी सँग सँगै लान सकै अझ बढी प्रभावकारी हुने भएकाले यस तर्फ सोच्न पर्ने बेला भएको बताउँनु भयो ।यसैगरी कार्यक्रममा बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले नगर भरीका बिद्यालयमा जोड २ सम्म निशुल्क शिक्षा को व्यबस्था गरेको बताउँदै शिक्षा सिकाइका लागी नगरले दिन पर्ने सुबिधामा कसनै पनी कन्जुस्याइ नगर्ने बताउँनु भयो । नगर उप प्...

भोटेकोशीको मार्मीगंमा स्वास्थ्य शिबीर ३८१ले लिए सुबिधा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिकामा निशुल्क स्वास्थ्य शिबीर सञ्चालन भएको छ । माघ३र ४ गते दुइ दिन सम्म चल्ने शिबीरको पालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले एक समारोहका बिच उद्धघाटन गर्नु भयो ।     भोटेकोशी गाउँपालिकाको मार्मीगं स्वास्थ्य कार्यलयमा भएको दुइ दिन सम्म चल्ने शिबीरको उद्धघाटन गर्दै पालिका अध्यक्ष शेर्पाले पालिकाका कोही पनी नागरिकहरुले कुनै पनी सेवाबाट बञ्चीत हुन नपरोस भन्दै आफुले सबै भन्दा ठुलो सम्पती भनेकै स्वास्थ्य भएकाले यसलाइ पहीलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँनु भयो ।उँहाले भोटेकोशी गाँउपालिकामा बढी जस्तो किड्नीका बिरामी रहेको बताउँदै उँहाहरुको उपचारमा सहजीकरण गरिएको बताउँनु भयो । आगामी फागुन महीनामा अमेरिकन चिकत्सिक सहीतको टोलीले शिबीर राखी पालिकाका नागरिकलाइ स्वास्थ्य सेवा दिने समेत उँहाले बताउँनु भयो । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत भद्र ...

बलेफीमा बिशेष सभाको माग

#, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका उपाध्यक्ष सरु लामा –तामागं) सहीतका कार्यपालिका सदस्यहरुले बिशेस गाँउसभाको माग गरेका छन । पालिकाका उपाध्यक्ष लामाले विधीको शासनको पक्षमा संधै पहरेधार गर्नेछौं जनताले दिएको अभिमतको दुरुपयोग गर्न जो कसैलाई छुट छैन । तसर्थ विशेष गाउँसभा अधिवेशनको माग सहित हामी ४२ जना मध्ये ३७ जना गाउँसभा सदस्यहरुको एक्यवद्धता सहित निवेदन बलेफी गाउँकार्यपालिकाको कार्यालयमा पेश गरेका छौं भन्नु भएको छ ।    बिशेष सभा बोलाउँन का लागी पालीकामा निबेदन समेत दर्ता गरिएको छ । निबेदनमा आधारभुत तथा माध्यमिक शिक्षा सञ्चालन कार्यविधि २०७४ सम्बन्धमा, आ.व. २०७९÷८० को श्रोत सुनिश्चित नभई विनियोजित बजेट कार्यान्वयन गरिएको सम्बन्धमा, प्रकाशित भइसकेको र हुन बाँकी स्थानीय राजपत्र, करार कर्मचारी व्यवस्थापन, कार्यपालिका ÷ गाउँ सभा ÷ पालिका अध्यक्ष ÷ वडा अध्यक्ष ÷ वडा सदस्य ÷ कार्यपालिका सदस्य ...

बहुविवाह मुद्दाका फरार अपराधी पक्राउ

ब्रेकिङ न्युज १, समाचार
बहुविवाहको मुद्दामा ८ वर्षदेखि फरार रहेको एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला अदालतले बहुविवाह मुद्दामा दोषी ठहर गरी कैद भुक्तान तथा जरिवाना तोकेका एक फरार प्रतिवादीलाई चौताराबाट खटिएको प्रहरी टोलिले मंगलबार चौतारा बजारबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाँउपालिका वडा नं. ०२ बस्ने ३९ वर्षीय राम कुमार भन्ने ईन्द्र बहादुर भण्डारी रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत सिन्धुपाल्चोकको मिति २०७१ माघ २२ गतेको फैसला आदेशले बहुविवाह मुद्दामा भण्डारीलाई ११ महिना ११ दिन र जरिवाना रु.५,०००।– सजाय भई फरार रहेको थियो । निजलाई सिन्धुपाल्चोक जिल्ला अदालतमा पेश गरी अदालतको आदेशानुसार तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार चौतारा पठाइएको प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले जानकारी दिनुभयो ।...

यती एयरलाइन्सको विमान दुर्घटना ,आज सार्वजनीक बिदा

ब्रेकिङ न्युज १, समाचार
  आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको कारण देस शोकमय भएको छ । यस दुखद घढीमा सरकारलेसोमबार आज बिदा दिने नर्णय गरेको छ ।  

यती एयरलाइन्सको विमान दुर्घटना

ब्रेकिङ न्युज १
आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए । उहाँका अनुसार अवतरण गर्ने क्रममा पुरानो र नयाँ विमानस्थलको बीचमा ९एन–एएनसी एटीआर–७२ विमान सेती नदी किनारमा दुर्घटना भएको हो ।सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । सेती नदीको खाँेचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिसकिएको छ । पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको ...

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
शिक्षा बिकास तथा समन्वय ईकाई सिन्धुपाल्चोकको आयोजनामा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि जिल्लाको माध्यमिक तहका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया कार्यक्रम भएको छ ।       शुक्रबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा बहुमुखी क्याम्पसमा जिल्लाको माध्यामिक तहको प्रध्यानाध्यापकहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले शिक्षकले पढाउने कसरी भन्ने ध्यान हुन जरुरी भएको बताउनुभयो । उहाँले जिल्लाकोे सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निकै राम्रो भएकोमा खुशि व्यक्त गर्नु हुँदै प्रजिअ खनालले जिल्लाभित्र संचालित माध्यमिक विद्यालयले हालसम्म गर्दै आएका राम्रा अभ्यासहरुको प्रस्तुतीले थप उर्जा दिएको बताउनुभयो । साथै दीर्घकालिन योजना बनाएर शिक्षा क्षेत्रको सुधारका लागि अगाडि बढ्नुपर्ने धारणा समेत उँहाले व्यक्त गर्नुभयो । यसैगरी का...

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस चौतारामा मनाइयो

ब्रेकिङ न्युज १, राजनिती, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोकद्वारा नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सदरमुकाम चौतारामा भब्य रुपमा मनाएको छ । कार्यक्रमका प्रमुख अतिथी तथा राप्रपा केन्द्रीय सदस्य उदय सापकोटाले अहिलेको वर्तमान सरकार राप्रपाको एजेन्डामा हिड्ने प्रतिवद्धता भएकोले पहीलो एजेण्टामा रहेको पृथ्वी जयन्ती तथा राष्टीय एकता दिबश मनाउँनका लागी पौष २७ गतेका दिन सार्वजनिक बिदा समेत दिने निर्णय गरेको बताउनुभयो । उहाँले राप्रपा सहभागी नभएको मन्त्री परिषदले गरेको ले सरकारलाई समर्थन र बिश्वासको मत दिएको र अब राप्रपा सरकारमा गएर आफ्नो एजेण्डा कार्यन्वयनमा ल्याउँने बताउँन भयो । कार्यक्रमका सभापती राप्रपा जिल्ला अध्यक्ष निलध्वज थापाले पार्टीले उहाँले निर्वाह गरेको भूमिका तथा योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको वताउनुभयो । स...

चोरी मुद्दाका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

ब्रेकिङ न्युज १, समाचार
चोरी मुद्दाका फरार एक प्रतिवादी १४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची न.पा.१० बस्ने ५५ वषर््िाय दुर्गा बहादुर अधिकारी रहेका छन् । सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०६५ भदौ ११ गतेको फैसलाले चोरी मुद्दामा कैद १ महिना १५ दिन सजाय भई फरार रहेको उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा उनकै घरबाट पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले जानकारी दिनुभयो । उनलाई मंगलबार जिल्ला अदालत चौतारामा दाखिला गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चौतारामा चलान गरेको छ ।...