सम्पर्क

चोरी मुद्दाका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

चोरी मुद्दाका फरार एक प्रतिवादी १४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची न.पा.१० बस्ने ५५ वषर््िाय दुर्गा बहादुर अधिकारी रहेका छन् । सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०६५ भदौ ११ गतेको फैसलाले चोरी मुद्दामा कैद १ महिना १५ दिन सजाय भई फरार रहेको उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा उनकै घरबाट पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले जानकारी दिनुभयो । उनलाई मंगलबार जिल्ला अदालत चौतारामा दाखिला गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चौतारामा चलान गरेको छ ।