सिन्धुपाल्चोकको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ मा खुला जिमशाला सञ्चालनमा आएको छ । नगर प्रमुख कृष्णप्रसाद सापकोटाले नगरबासीहरुलाई स्वस्थ र दीर्घजिवी बनाउने उदेश्यका साथ नगरपालिकाले खुला जिमशाला निर्माण गरेको बताउनुभयो । नगर प्रमुख सापकोटाले बढ्दो व्यस्तता र विलासिताका कारणले व्यायमबाट बञ्चित भएका नगरबासीलाई व्यायम गर्ने उत्प्रेणा जागृत हुने विश्वास व्यक्त समेत गर्नुभयो ।
स्वस्थ नागरिक नै नगरको खास सम्पिति भएको बताउँदै सापकोटाले जिमशालाको भरपुर उपयोग गर्दै स्वस्थ र तनदुरुस्त नागरिक बन्न उहाँले आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, पूर्वमेयर अमानसिं तामाङ लगायत वक्ताहरुले व्यायमशालाको महत्व र औचित्यमाथि चर्चा गर्नुभएको थियो ।
