सम्पर्क

कर सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको समन्वयमा आन्तरिक राजस्व कार्यालय धुलिखेलले कर सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक ऐन २०७९ ले प्रदान गरेको छुट तथा सहुलियत सुविधाको बिषय र आम प्रकृयाको बारेमा कर अधिकृत डुन्डीराज दाहालले प्रश्ट्याएको थियो । सहभागीहरुले कर सम्वन्धि मिसम्याचको समस्या झेल्नुपरेको र दोहोरो कर तिर्नुपरेको जस्ता बिषयबस्तु उठान गरेको थियो भने सहभागीको प्रश्नमा कर अधिकृतले जवाफ दिनुभएको थियो ।
उद्योग बाणिज्य संघको शाखा कार्यालय चौताराको सभाहलमा भएको कार्यक्रममा कर कार्यालयका लेखापाल गोकर्ण कोईरला र नायव सुब्बा बिजय उपाध्याय , नेपाल पत्रकार महासंघको अध्यक्ष जीवन श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको पूर्व प्रथम उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठ , निर्माण व्यवसायी संघका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ , नगर कार्यपालिका सदस्य सानुमाया गुरुङ र चौताराका उद्योगी तथा ब्यवसायीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रम सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको कार्यकारिणी समितिका सदस्य एवं बजार व्यवस्थापन बिभाग प्रमुख उजारसिं तामाङको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त कार्यक्रमको सहजिकरण उद्योग बाणिज्य संघ शाखा कार्यालय चौताराका कार्यालय प्रमुख निर्मल बस्नेतले गर्नुभएको थियो ।