सम्पर्क

अवैद्य सिसौको काठ सहित ४ जना पक्राउ

सिन्धुपाल्चोक ईन्द्रावति गाँउपालिका वडा नं. १२ भेडिचौर चालेचार्पाबाट अवैध सिसौको काठ सहित चार जना पक्राउ परेका छन् । सिसौ जातको काठ अवैद्य रुपमा ओसारपसार भई रहेको भन्ने विशेष सूचना प्राप्त भई ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न साईजका सिसौ काठको गोलिया ३० थान लोड भएको ना ६ त ३३३० नम्बरको ट्याक्टर सहित निम्न ४ जना मानिसहरुलाई फेला पारी चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ईन्द्रावति गा.पा.१२ बस्ने वर्ष ५० को पार्वती दनुवार, सोही ठाउँ बस्ने वर्ष ६० को ठुली माया दनुवार, वर्ष ५० को सानुकान्छी दनुवार, वर्ष ३१ को कान्छामान दनुवार रहेका छन् । उनीहरुलाई आईतबार विहान ११ः३० बजेको समयमा पक्राउ गरेर आवश्यक कारवाहीको लागी आज डिभिजन वन कार्यालय चौतारामा बुझाइएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले जानकारी दिनुभयो ।