मदन भण्डारी फाउन्डेसन जिल्ला शाखा सिन्धुपाल्चोकको अध्यक्षमा बालकृष्ण देउजा चयन हुनुभएको छ । शनिबार जिल्लाको सदरमुकाम चौतारामा नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट देउजा अध्यक्षमा चयन हुनुभएको हो । फाउन्डेसनको उपाध्यक्षमा अशोक चौलागाईँ, सचिवमा यज्ञ सापकोटा,कोषाध्यक्षमा चरी बहादुर तामाङ चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा सुमन श्रेष्ठ, दिलिप बस्नेत,तिलक सापकोटा,सनिश श्रेष्ठ,राजेन्द्र दुलाल,हरिचन्द्र श्रेष्ठ,पुष्प पराजुली,सपना थापा सुकुलाल तामाङ,रोहित दोङ,रिना श्रेष्ठ,सुमन पाण्डे,रामचन्द्र थापा,साधुराम खतिवडा,राजेन्द्र लामा चयन हुनुभएको छ ।
