सम्पर्क

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस चौतारामा मनाइयो

राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोकद्वारा नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सदरमुकाम चौतारामा भब्य रुपमा मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथी तथा राप्रपा केन्द्रीय सदस्य उदय सापकोटाले अहिलेको वर्तमान सरकार राप्रपाको एजेन्डामा हिड्ने प्रतिवद्धता भएकोले पहीलो एजेण्टामा रहेको पृथ्वी जयन्ती तथा राष्टीय एकता दिबश मनाउँनका लागी पौष २७ गतेका दिन सार्वजनिक बिदा समेत दिने निर्णय गरेको बताउनुभयो । उहाँले राप्रपा सहभागी नभएको मन्त्री परिषदले गरेको ले सरकारलाई समर्थन र बिश्वासको मत दिएको र अब राप्रपा सरकारमा गएर आफ्नो एजेण्डा कार्यन्वयनमा ल्याउँने बताउँन भयो । कार्यक्रमका सभापती राप्रपा जिल्ला अध्यक्ष निलध्वज थापाले पार्टीले उहाँले निर्वाह गरेको भूमिका तथा योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको वताउनुभयो । सो अबशरमा उँहाले सिन्धुपाल्चोक जिल्लाको निष्क्रीय रहेका वडाहरुमा पुर्नगठन तथा पाटी सुदृढीकरण गरिने बताउँनुभयो । कार्यक्रममा १ नं क्षेत्रका क्षेत्रीय सभापती रामेश्वर खड्का, २ नं क्षेत्रका क्षेत्रीय सचिब देब गुरुङ, पालिकाकहरुको तर्फबाट इँन्द्रावती गाँउपालिकाका पाटी सचिब भुपेन्द्र बानीया लगायतले पृथ्वी जयन्ती राष्ट्रीय एकताका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कार्यलय सचिब धु्रब थापाले गर्नु भएको थियो भने स्वागत मन्तव्य जिल्ला सदस्य हरी बहादुर नेपालले राख्नु भएको थियो ।
नेपाली नोटमा पृथ्वीनारायणको तस्बिर अङ्कित गर्न माग गर्दै आएको राप्रपाले सिन्धुपाल्चोकसहित देशैभर रहेका सबै जिल्ला कमिटीलाई पृथ्वीजयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउन परिपत्र गरेको थियो ।
यसैगरी पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा एक टोलीले सिंहदरबार अगाडि शाहको शालिकमा पुगेर माल्यार्पण तथा पुष्पगुच्छा चढाएको थियो । अध्यक्ष लिङ्देनले राष्ट्रनिर्माताले बाइसे चौबिसे राज्यमा छरिएका भू–भागलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेर हामी सबैलाई नेपालीका रुपमा परिचित गराएकाले उहाँलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो ।
सरकारले पृथ्वीजयन्तीमा दिएको सार्वजनिक बिदाले बहुसङ्ख्यक नेपाली जनताको भावना र चाहनाको सम्मान भएको बताउँदै उहाँले तत्कालीन समयमा भएको एकीकरणले विश्वमानचित्रमा नेपाल र नेपालीको अस्तित्व सम्भव भएको विचार व्यक्त गर्नुभयो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह तत्कालीन गोरखा राज्यको राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल हुनुभएको थियो । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गर्नुभएको थियो । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनुभएको थियो । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी ३०१ औँ जन्मजयन्ती मनाईएको छ ।