सम्पर्क

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

शिक्षा बिकास तथा समन्वय ईकाई सिन्धुपाल्चोकको आयोजनामा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि जिल्लाको माध्यमिक तहका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया कार्यक्रम भएको छ ।       शुक्रबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा बहुमुखी क्याम्पसमा जिल्लाको माध्यामिक तहको प्रध्यानाध्यापकहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले शिक्षकले पढाउने कसरी भन्ने ध्यान हुन जरुरी भएको बताउनुभयो । उहाँले जिल्लाकोे सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निकै राम्रो भएकोमा खुशि व्यक्त गर्नु हुँदै प्रजिअ खनालले जिल्लाभित्र संचालित माध्यमिक विद्यालयले हालसम्म गर्दै आएका राम्रा अभ्यासहरुको प्रस्तुतीले थप उर्जा दिएको बताउनुभयो । साथै दीर्घकालिन योजना बनाएर शिक्षा क्षेत्रको सुधारका लागि अगाडि बढ्नुपर्ने धारणा समेत उँहाले व्यक्त गर्नुभयो । यसैगरी कार्यक्रममा जिल्लाका नमुना विद्यालय घोषण गरेका ६ वटा विद्यालयका प्रधानाध्यापकले विभिन्न तहमा हुने अभ्यास शिक्षणको बारेमा अवगत गराएका थिए । जिल्लाभित्र रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न सबैले चासो र चिन्ता व्यक्त गर्नुपर्नेमा शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख कृष्ण प्रसाद सुवेदीले बताउनुभयो । जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा शैक्षिक सत्र २०७८ को एस.इ.इ. मा जिल्ला प्रथम हुन सफल बाल शिक्षा माध्यमिक विद्यालयका प्रधानाध्यापक बासु पौड्याललाई सम्मान गरेको थियो । कार्यक्रमको सभापतीत्व गरिरहनु भएका जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठले माध्यमिक तहका समग्र विद्यालयको शैक्षिक स्थितीलाई लेखापोखा गरी भावि योजनाको सकारात्मक छलफलमा सहभागी हुन पाउदा खुशी लागेको व्यक्त गर्नुभयो । शिक्षा बिकास तथा समन्वय ईकाई सिन्धुपाल्चोकका शाखा अधिकृत गण्ेश पुरीले सञ्चालन गर्नु् भएको उक्त कार्यक्रममा शिक्षक हरुको तर्फबाट शिक्षक महासंघका अध्यक्ष कुमार खतिवडाले समग्रमा शिक्षा सिकाइमा भएका प्रगती र भोग्न परेका समस्याहरुका बारेमा प्रस्तुती गर्नु भएको थियो । कार्यक्रममा शैक्षिक गुणस्तर अभिवृद्धिमा सिन्धुपाल्चोक साझा अवधारणा समेत निर्माण गरिएको र सो अबधारणालाइ शिक्षा बिकास तथा सम्मन्वय इकाइ प्रमुख कृष्ण सुबेदीले सार्वजनिक गर्नू भएको थियो । शुक्रवार माध्यमिक तहका प्रधानाध्यापकहरुको शैक्षिक गुणस्तर अभिवृद्धिका सम्बन्धमा नेतृत्व विकास र स्वास्थ्यमा जीवनोपयोगी शिक्षामा प्रधानाध्यापकको नेतृत्व कार्य कौशलतामा थप सुधार गरिने, विद्यालयमा सुशासन, सहभागीतामुलक निर्णय, जवाफदेहिता तथा संस्थागत पारदर्शिता कायम गरिने, विद्यालयमा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको नियमितता र उपस्थिति अभिवृद्धिमा जोड, विद्यालयमा भएका मौजूदा शैक्षिक सामाग्रीहरु तथा स्थानीय स्तरमा निर्माण गर्न सकिने सामग्रीको प्रयोगमा जोड, विद्यालयको शैक्षिक उन्नयनका लागि प्रधानाध्यापक तथा शिक्षकहरुले सम्पादन गर्नु पर्ने कार्यहरु (वार्षिक) शैक्षणिक योजना,एकाइ योजना, दैनिक पाठ योजना तथा कार्यमुलक अनुसन्धान) मा जोड,.सिकाइ उपलब्धिको वार्षिक लक्ष्य निर्धारण गरिने, प्रधानाध्यापकहरुले समग्र विद्यालयको कक्षा अनुगमन लगायतका सम्पूर्ण कार्यहरुको अभिलेख चुस्त दुरुस्त राख्ने, प्रविधि मैत्री शिक्षण क्रियाकलापलाई प्राथमिकतामा राखी क्ष्ऋत् लगायत नवीनतम प्रविधिको प्रयोगमा जोड, ड्ड पाठ्यक्रम, शिक्षक निर्देशिका, पाठ्यपुस्तक तथा सन्दर्भ सामग्रीको यथोचित प्रयोगमा जोड, माध्यमिक तहका प्रधानाध्यापकहरुले आफ्ना सेवा क्षेत्र भित्रका विद्यालयहरुको शैक्षिक नेतृत्व लिने र शैक्षिक उन्नयनमा सहजीकरण गर्ने. बालवालिकाहरुलाई विद्यालयमा ल्याउने, सिकाउने, टिकाउने र विकाउने कार्यमा जोड, विद्यालयमा बालवालिकाहरुलाई रमाइ रमाइ सिक्ने वातावरण सिर्जना गर्ने, परिवर्तित पाठ्यक्रम अनुरुप विद्यार्थी मूल्याङ्कन र पृष्ठपोषणमा जोड,शैक्षिक सरोकारवालाहरुमा विद्यालय प्रति अपनत्वको भावना विकासमा जोड दिने साझा अवधारणालाई एकरुपताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।