सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाले आफ्नो १२ औ नगरसभा सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न १२ औं नगरसभाले नगर बिकासका लागी बिभिन्न निर्णय हरु गरेको छ । नगर सभामा उपप्रमुख मन्जु तामाङले आर्थिक बर्ष २०७९।०८० को श्रावण देखि पौष २८ गतेसम्मको अर्धबार्षीक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
नगर सभालाई सम्बोधन गर्दै नगरप्रमुख बालकृष्ण बस्नेतले नगर भरीका समुदायको स्थिति पहिचान गर्ने कार्य सुरु गरेको बताउनुभयो । विशेषगरी कृषि स्वास्थ्य, र शिक्षालाइ पहिलो प्राथमिकतामा राखेर कार्यक्रम सुरु गरिरहेको समेत बताउनुभयो । नगरपालिकाको प्रमुख बालकृष्ण बस्नेतको अध्यक्षतामा सम्पन्न नगरसभामा नगरपालिका उपप्रमुख मन्जु तामाङ प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी , ९ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्यहरु तथा वडा सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु, लगायतको सहभागीतामा रहेको थियो । कार्यक्रमको लोकप्रिय नेत्रज्योती सञ्चार समुह अन्तरगत का सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रशारण गरिएको बिज्ञापन सिचना समुहका रामबहादुर तामागंले जानकारी दिनु भयो ।
