सम्पर्क

यती एयरलाइन्सको विमान दुर्घटना

आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए । उहाँका अनुसार अवतरण गर्ने क्रममा पुरानो र नयाँ विमानस्थलको बीचमा ९एन–एएनसी एटीआर–७२ विमान सेती नदी किनारमा दुर्घटना भएको हो ।सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । सेती नदीको खाँेचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिसकिएको छ ।
पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ ।

आइतबार दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । यसअघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा सयौँ मानिसले ज्यान गुमाइसकेका छन् । यसै बिच राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । “यती एयरलाइन्सको एटिआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको छु । दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु”, राष्ट्रपतिले ट्वीटमा भन्नुभएको छ।

राष्ट्रपति भण्डारीले आज ट्वीट गर्दै दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको हो ।त्यसै गरी प्रधान मन्त्री पुस्पकमल दाहाल , पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवन, केपीओली लगाएत लेदुख ब्यक्त गर्नू भएको छ। सरकारले सोमबार शोकबिदा दिने भएको छ । सोमबार राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह मनाउन लागिएकामा पोखरामा विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिइएकाले स्थगित गरिएको छ ।

विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा सोमबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरिएको थियो । सरकारले राष्ट्रिय शोक घोषणा गरी बिदा दिएकाले प्रधानमन्त्री, गृहमन्त्रीलगायत आउने कार्यक्रम स्थागित गरिएको प्रचारप्रसार उपसमितिको सदस्यसचिवसमेत रहनुभएका भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ दिवस मनाउने तयारी भएको थियो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो । सोमबार स्थगित गरिएको कार्यक्रम एक हप्ताभित्र गरिने जनाइएको छ ।

दिवसका अवसरमा मूल समारोह समितिले सोमबार कमलपोखरी क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा गृह मन्त्रालय, विभाग, काठमाडौँ महानगरपालिका, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट), नेपाल रेडक्रस सोसाइटीलगायत संस्थाको सक्रियतामा जनचेतनामूलक कार्यक्रम गरी मनाउन लागेका थिए । यस अवसरमा भूकम्पबाट सुरक्षित हुन जागरण फैलाउने उद्देश्यले प्रदर्शनीको समेत आयोजना गरिने जनाइएको छ । प्रदर्शनी भने मङ्गलबारदेखि गरिने जनाइएको छ । दिवसका अवसरमा विभिन्न संस्थाले पुस १५ गतेदेखि नै जनचेतना जगाउने किसिमका कार्यक्रमको आयोजना गरिरहेका छन् ।