सम्पर्क

चौतारा साँगाचोकगढी नगरपालिकाको १३ औं नगरसभा सम्पन्न

चौतारा साँगाचोकगढी नगरपालिकाको १३ औ नगरसभा बिहिबार सम्पन्न भएको छ । बिहिबार सम्पन्न १३ औं नगरसभामा उपप्रमुख सिता थापाले आ.व २०७९।०८० को श्रावण देखि पौष २७ गतेसम्मको अर्धबार्षीक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
नगर सभालाई सम्बोधन गर्दै नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले नगर भरीका समुदायको स्थिति पहिचान गर्ने कार्य सुरु गरेको बताउनुभयो । उहाँले आगामी वर्षदेखि बैज्ञानिक र बस्तुवादि योजना निमार्ण गरी कार्यान्वयन गर्नुका साथै तल्लो तहमा रहेका वर्गलाई समेट्ने गरी स्वास्थ्यको क्षेत्रमा कार्यक्रम सुरु गरेको बताउनुभयो । विशेषगरी शिक्षाको क्षेत्रमा सुधारको अभियान थालनी गरेको तर निर्णय गरेर कार्यान्वय गर्न बाँकि रहेको समेत उल्लेख गर्नुभयो ।
नगरपालिकाको प्रमुख कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न नगरसभामा नगरपालिका उपप्रमुख सीता थापा प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसी १४ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्यहरु तथा वडा सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु, पत्रकारहरु लगायतको सहभागीतामा रहेको थियो ।
कार्यक्रमको संचालन चौतारा साँगाचाकगढी नगरपालिका १३ का वडा अध्यक्ष राम प्रसाद गौतमले गर्नु भएको थियो । नगरसभामा करारका कर्मचारीको म्याद थप एवम् रकमान्तरको कार्यक्रमहरु पेश गरिएकोमा सर्वसम्मत पारित भयो ।