सम्पर्क

सिन्धु तेक्वान्दो संघलाई ट्रयाक सुट

कुमार बस्नेत (अधिराज)

क्षेमादेवी ग्रुपले नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका पदाधिकारी तथा सिनियर खेलाडीहरूलाई ट्रयाक सुट बितरण गरेको छ । क्षेमादेवी ग्रुपले पेप्सिकोलामा रहेको आफ्नै भवनमा एक कार्यक्रमविच ग्रुपका अध्यक्ष राजकुमार बस्नेत, निर्देशक निरन्जन श्रेष्ठ, निर्देशक राजेन्द्र बस्नेत,(पुर्ब तेक्वान्दो खेलाडी ) निर्देशक श्री बस्नेत लगायत सम्पुर्ण क्षेमादेवी परिवार र सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रेम बहादुर भण्डारी सहसचिव कुमार बस्नेत लगाएत सम्पुर्ण कार्यसमितिका पदाधिकारीहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सिनियर खेलाडी तथा कार्यसमितिका उपाध्यक्ष गंगा तामाङ,सचिब सुशील भुजेल,कोषाध्यक्ष नमिता चौलागाईं,सदस्य सागर सेन्चुरी,सुबास तामाङ ,सिनियर खेलाडीहरू सगुन भण्डारी ,सुजता पराजुलि,रेन्जेन शेर्पा ,मादब कि.क,सन्देश खड्का,प्रसान्त भण्डारि, लगाएतले तेक्वान्दो खेलको प्रदर्शन समेत देखाएका थिए । कार्यक्रममा क्षेमादेवी ग्रुपको तर्फबाट निरन्जन श्रेष्ठले सिन्धुपाल्चोकका जन्म दाता प्रेम भण्डारीको प्रसंसा गर्दै जिल्ला कार्यसमिति लाई धन्यवादको साथै आगमि दिनमा पनि सिन्धुपाल्चोक तेक्वान्दो संघलाई आफुले र संस्थाले संधै सकेको सहयोग गर्ने वचन दिनु भयो । यस्तैगरि तेक्वान्दो जिल्ला संघका अध्यक्ष प्रेम भण्डारीले सिन्धुपाल्चोक जिल्लामा तेक्वान्दो बिकासका लागि आफुले सकेको हालसम्म गरिरहेको र अहिले सम्मान ब्यक्ति र संघ संस्थाले सहयोग गर्नुभएको हुँदा अझै पनि तेक्वान्दो खेलबाट इच्छा रहेको बताउनु भयो । युवा ब्यवसायि, समाजसेवी, खेलकुद प्रेमि,क्षेमादेवी ग्रुपका अध्यक्ष राजकुमार बस्नेत लगायत सम्पुर्ण क्षेमादेबि परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो ।