सम्पर्क

चोरी मुद्दाका फरार एक प्रतिवादी पक्राउ

चोरी मुद्दाका फरार एक प्रतिवादी १४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सिन्धुपाल्चोक मेलम्ची न.पा.१० बस्ने वर्ष ५६ को रामजी बहादुर अधिकारी रहेका छन् । सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०६५ भदौ ११ गतेको फैसलाले चोरी मुद्दामा कैद १ महिना १५ दिन सजाय भई फरार रहेको उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टेलिले काठमाण्डौ पुरानो बसपार्कबाट पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले जानकारी दिनुभयो । उनलाई बिहिबार जिल्ला अदालत चौतारामा दाखिला गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चौतारामा चलान गरेको छ ।