हुकुम लामा/दोलालघाट
उद्योग बाणिज्य संघ दोलालघाटको दोस्रो बार्षिक साधारण सभा हालै सम्पन्न भएको छ । काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेको प्रमुख आतिथ्यतामा दुलाललेश्वर वातावरणीय तथा समाज सेवा क्लवको कार्यालय भवनमा साधरण सम्पन्न भएको थियो ।
कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि पसछेले संघले सुरुवाती चरणमा कछुवाको तालमै भएपनी संघका काम र कर्तब्य प्रति पुर्ण जिम्मेवार भई गरेका कार्यप्रति सन्तुष्ट भएको ब्यक्त गर्नु भयो ।उहाँले देशमा भई रहेको आर्थिक मंदि तथा बितिय संस्थाबाट गरिएको चर्को ब्याजदरको मार्कामा परेको विषम परिस्थितीमा ब्यावसायीहरुलाई लक्षित गर्दै यसबाट नआतिन आग्रह गर्नुका साथै ब्यावसायीहरुको हक हितको साथमा संस्था बिकासको निमित्त हरेक गतिबिधीमा हातेमालो गर्दै जाने प्रतिबद्धता जनाउँनु भयो । उाहाले आर्थिक तरलताको अवस्थालाई मध्य नजर गर्दै संस्था संचालन सहजिकरणको निमित एकलाख रुपैया आर्थिक सहयोग समेत गर्नु भएको थियो ।
कार्यक्रमको सभापतित्व गर्नु भएका संस्थाका अध्यक्ष सुरेश कुमार कक्षपतिलाई चेक हस्तान्त्रण गर्दै आवश्यक परे थप सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको थियो । साथै आगामी महासंघको चुनावी कार्यक्रममा सदस्य पदमा मनोनयन दिने हुदा आ – आफ्नो सर्कलबाट सहयोग गर्न समेत अपिल गर्नु भयो । कार्यक्रमको सभापतित्व गरिरहनुभएको कक्षपतिले दोलालघाट तथा आसपासका ब्यावसायीहरुको हकहितको निमित स्थापित संस्था सदैव ब्यावसायीहरुको भलाईमा समर्पण रहने बताउनुभयो । उहाँले संस्थाले आउने दिनहरुमा सबै ब्यावसायीहरुलाई सदस्यता बितरण गर्ने साथै सदस्यता लिई दिन आग्रह गर्दै ब्यावसायीहरुको ब्यापारीक समस्याहरुमा मित्रवत ब्यावहारका साथ समाधान गर्न सदैव तयार रहने र व्यापारी बर्गहरुलाइ पनि ब्यायापारिक परिधी भित्र रहि व्यापार गर्न आग्रह गर्नु भयो ।
संस्थाका सचिव प्रेम कृष्ण श्रेष्ठले बार्षीक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने संघका कोषाध्यक्ष एकराज श्रेष्ठबाट आ.वको आर्थिक प्रतिवेदनको साथमा भावि आर्थिक योजना प्रस्तुत गर्नु भएको थियो ।
उद्यमशिल साकोसका अध्यक्ष गोबिन्द प्रसाद पराजुलि, काभ्रे उधोग बाणिज्य संघ पनौतीका क्षेत्रगत संयोजक कृष्ण थापा लगायत स्थानिय संघ संस्थाका अध्यक्ष एंव प्रतिनिधीहरुको आतिथ्यता सम्वपन्न भएको सो सभा चुनावी सभा पनि भएकोले पुनं सुरेश कुमार कक्षपति कै अध्यक्षता सवै पदहरुमा सर्वसमत निर्वाचित भएका थिए । नव निर्वाचित पदाधिकारीहरुले दोलालघाटको विकासका लागी बिशेष गरी व्यपार व्यवसाय गर्ने हरुका लागी परेको समस्याहरु सँग हातेमालो गर्दै समस्या समाभधानमा लाग्ने र स्थानीय विकासका लागी आबश्यक कामहरु गरीरहने समेत बताउनुभएको छ ।

