सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका उपाध्यक्ष सरु लामा –तामागं) सहीतका कार्यपालिका सदस्यहरुले बिशेस गाँउसभाको माग गरेका छन ।
पालिकाका उपाध्यक्ष लामाले विधीको शासनको पक्षमा संधै पहरेधार गर्नेछौं जनताले दिएको अभिमतको दुरुपयोग गर्न जो कसैलाई छुट छैन ।
तसर्थ विशेष गाउँसभा अधिवेशनको माग सहित हामी ४२ जना मध्ये ३७ जना गाउँसभा सदस्यहरुको एक्यवद्धता सहित निवेदन बलेफी गाउँकार्यपालिकाको कार्यालयमा पेश गरेका छौं भन्नु भएको छ । बिशेष सभा बोलाउँन का लागी पालीकामा निबेदन समेत दर्ता गरिएको छ । निबेदनमा आधारभुत तथा माध्यमिक शिक्षा सञ्चालन कार्यविधि २०७४ सम्बन्धमा, आ.व. २०७९÷८० को श्रोत सुनिश्चित नभई विनियोजित बजेट कार्यान्वयन गरिएको सम्बन्धमा, प्रकाशित भइसकेको र हुन बाँकी स्थानीय राजपत्र, करार कर्मचारी व्यवस्थापन, कार्यपालिका ÷ गाउँ सभा ÷ पालिका अध्यक्ष ÷ वडा अध्यक्ष ÷ वडा सदस्य ÷
कार्यपालिका सदस्य ÷ कार्यकारी प्रमुख र शाखागत प्रमुखहरुको अधिकार, दायित्व र कर्तव्य सम्बन्धमा, १०+२ सम्मको शिक्षा निशुल्क गर्ने, लगाएत बिषयमा छलफल गरी सभाबाट पास गरी काम गर्न पर्ने भएकाले सभा बोलाइउको बताइउको छ ।
अख्तीयार दुरुपयोग आयोग,लगाएत सम्बन्भ निकायलाइ बोधार्थ दिइ निबेदन गरिएको छ ।
