बहुविवाहको मुद्दामा ८ वर्षदेखि फरार रहेको एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला अदालतले बहुविवाह मुद्दामा दोषी ठहर गरी कैद भुक्तान तथा जरिवाना तोकेका एक फरार प्रतिवादीलाई चौताराबाट खटिएको प्रहरी टोलिले मंगलबार चौतारा बजारबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाँउपालिका वडा नं. ०२ बस्ने ३९ वर्षीय राम कुमार भन्ने ईन्द्र बहादुर भण्डारी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत सिन्धुपाल्चोकको मिति २०७१ माघ २२ गतेको फैसला आदेशले बहुविवाह मुद्दामा भण्डारीलाई ११ महिना ११ दिन र जरिवाना रु.५,०००।– सजाय भई फरार रहेको थियो ।
निजलाई सिन्धुपाल्चोक जिल्ला अदालतमा पेश गरी अदालतको आदेशानुसार तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार चौतारा पठाइएको प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले जानकारी दिनुभयो ।
