सम्पर्क

नेबिसङ्घ ल क्याम्पस इकाइले गर्यो दिप प्रज्वलन

पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा नेबिसङ्घ ल क्याम्पस इकाई समितिले दिप प्रज्वलन गरेको छ । सोमबार काठमाडौंको ल क्याम्पसमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली तथा शोकसभा गरेका हुन् । शोकसभामा इकाईका सभापति मुकेश सेन्चुरिले नेपालमा जहाज दुर्घटना नौलो नभयकाले यसमा सरकार गम्भिर हुनुपर्ने बताउनु भयो । सरकारले बिमान दुर्घटनामा कुनै चासो नदेखाएको समेत बताउनु भयो । दुर्घटनाका सम्बन्धमा र आगामि समयमा नेपालमा जहाज दुर्घटना न्यूनीकरणका लागि नेबिसङ्घ ल क्याम्पस इकाइले उक्त दिप प्रज्जवलन तथा शोकसभामा सरकार समक्ष आधा दर्जन मागहरु समेत राखेको छ । जसमा घटनाको उचित छानबिन गरि दोषीहरुलाई अधिकतम सजाय गरियोस् । नेपालका सबै विमानहरुको नियमित प्राबिधिक परिक्षण गरियोस् । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक यथाशिघ्र पारित गरियोस् । .हवाई सुरक्षाकालागि अन्तरास्ट्रिय नागरिक उड्डयन प्राधिकरण(ICAO) द्वारा जारी मापदण्डको पालना गरियोस् । हवाई सुरक्षाकालागि आवश्यक नीति निर्देशन तुरुन्तै तर्जुमा गरियोस् र बेलाबेलामा बिज्ञहरु मार्फत नेपालका बिमानस्थलहरुको अवलोकन तथा प्राबिधिक परिक्षण गरियोस भन्ने मागहरु रहेको छ ।