नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको मिति २०७९ माघ ६ र ७ गतेको लागि दोलखाको जिरीमा तय भएको तेस्रो साधारणसभा अर्को निर्णय नभएसम्मको लागि स्थगित भएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिकामहासचिब कृष्ण सारुमगरले बिज्ञेप्ती प्रकाशन गरी यस्तो जानकारी दिनु भएको हो ।जारी प्रेस विज्ञप्तीमानेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको ३७ वर्षको अल्पायुमै विमान दुर्घटनामा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति स्तब्ध र मर्माहत भएको छ । मिति २०७९÷१०÷०१ गते बिहान काठमाडौंबाट पोखराको लागि उडेको नाइनएन एएनसी एटिआर–७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा दुर्घटनाग्रस्त हुँदा केन्द्रीय सदस्य पौडेलको निधन भएको हो । पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले उदयीमान पत्रकार नेता गुमाएको छ ।उक्त जहाजमा सवार पोखराबाट सञ्चालित रेडियो एपोस्टल १०२.६ का प्रवन्धक अनिल शाहीको पनि निधन भएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति स्वर्गीय पौडेल र शाही सहित विमान दुर्घटनामा निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त सम्पूर्णको परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।यसैबीच नेपाल पत्रकार महासंघ उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले केन्द्रीय सदस्य पौडेलको निधनमा महासंघ केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ । जसअन्तर्गत १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय भएको हुँदा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको मिति २०७९ माघ ६ र ७ गतेको लागि दोलखाको जिरीमा तय भएको तेस्रो साधारणसभा अर्को निर्णय नभएसम्मको लागि स्थगित भएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ भनीएको छ।