सम्पर्क

लघुबित्त बित्तीय संस्थाकोे बित्तीय साक्षरता कार्यक्रम भक्तपुरको ताथलीमा

 

ग्लोबल आई.एम.ई लघुबित्त बित्तीय संस्था लि शाखा कार्यालय ताथलीले भक्तपुर चोर्चा ७ मा अबस्थित सिद्धिगणेश बचत तथा ऋण सहकारीको सभाहलमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
ग्लोबल आई.एम.ई लघुबित्त बित्तीय संस्था लि ताथलि शाखा द्वारा बित्तिय साक्षरता कार्यक्रम सप्पन्न गरेको ताथली शाखाका शाखा प्रबन्धक प्रदिप लामिछानेले जानकारी दिनु भयो । उँहाका अनुसार मङ्गलबार चागुनारायण न.पा . ९ स्थित उक्त लघुबित्तले सिपाडोल,दुवाकोट,चागुनारायण,टुकुचा , नाला देखि नगरकोट सम्मका ४७ वटा केन्द्र अन्तर्गतका ७० जना आफ्नो कारोवारमा आवद्ध सदस्य तथा सदस्यहरुको परिवारलाई बित्तीय साक्षरता दिइएको बताउनुभयो । बित्तिय साक्षरता के हो, यसको आवस्यकता किन छ,बचत कसरी गर्ने , पारिवारिक बजेट भनेको के हो,कसरी पारिवारिक बजेट बनाउने , कर्जा,बिमा,तथा अहिलेको डिजिटल प्राविधिको बारेमा आवश्यक ज्ञानको लागि प्रशिक्षक संस्थाका स्टेशन प्रमुख अम्बिका दङ्गालले दिनुभएको थियो ।ताथली शाखाका कर्मचारीहरु, स्टेशन प्रमुख देखि ७० जना सदस्य तथा अभिभावक हरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बित्तिय साक्षरता मार्फत बचत,कर्जा,बिमा,तथा बजेटका बारेमा आवश्यक ज्ञान,नयाँ प्राविधि विशेषत पारिवारिक बजेट के हो र कसरी पारिवारिक बजेट बनाई दैनिक आफ्ना आवश्यकता हरुको परिपुर्ति गर्न सकिन्छ सो सम्बन्धि सरल तरिकाको प्रशिक्षण गराउनु भयकोमा सहभागी सदस्यहरुले धन्यवाद तथ आभार व्यक्त गर्नुभएको थियो । ग्लोबल आई.एम.ई लघुबित्त बित्तीय संस्था लि . ताथली शाखाले भक्तपुर जिल्ला चागुनारायण न. पा. ७ मा कार्यलय रहेको उक्त संस्थालेमहिला केन्द्रित लघु बैंकिङ कारोबार गर्ने उक्त शाखा बाट ४७ केन्द्र मार्फत ५९५ जना सदस्यहरु लाभान्वित रहेको र आफ्नो कारोवार बिस्तार गर्ने क्रममा शाखा रहेको सस्थाको शाखा प्रमुख लामिछानेले जानकारी दिनु भएको छ ।