सम्पर्क

भोटेकोशीको मार्मीगंमा स्वास्थ्य शिबीर ३८१ले लिए सुबिधा

सिन्धु पाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिकामा निशुल्क स्वास्थ्य शिबीर सञ्चालन भएको छ । माघ३र ४ गते दुइ दिन सम्म चल्ने शिबीरको पालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले एक समारोहका बिच उद्धघाटन गर्नु भयो ।     भोटेकोशी गाउँपालिकाको मार्मीगं स्वास्थ्य कार्यलयमा भएको दुइ दिन सम्म चल्ने शिबीरको उद्धघाटन गर्दै पालिका अध्यक्ष शेर्पाले पालिकाका कोही पनी नागरिकहरुले कुनै पनी सेवाबाट बञ्चीत हुन नपरोस भन्दै आफुले सबै भन्दा ठुलो सम्पती भनेकै स्वास्थ्य भएकाले यसलाइ पहीलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँनु भयो ।उँहाले भोटेकोशी गाँउपालिकामा बढी जस्तो किड्नीका बिरामी रहेको बताउँदै उँहाहरुको उपचारमा सहजीकरण गरिएको बताउँनु भयो । आगामी फागुन महीनामा अमेरिकन चिकत्सिक सहीतको टोलीले शिबीर राखी पालिकाका नागरिकलाइ स्वास्थ्य सेवा दिने समेत उँहाले बताउँनु भयो । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत भद्र बहादुर बस्नेतले पालिकाको नागरिकलाइ स्वास्थ्य सेवा दिनका लागी स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकबाट बिशेष सहयोग भएकोमा बिशेष धन्यबाद दिदै पालिकाले समय समयमा शिबीर सञ्चालन गरिरहेको बताउँनु भयो । स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकका कार्यलय प्रमुख अनुप अधिकारीले जिल्लाले एउटा पालिकामा शिबीर राख्ने भएकोमा भोटेकोशी गाँउपालिका पहीलो प्रथमिकतामा परेकाले यस पालिकामा शिबीरको ब्यवस्था गरेको वताउँनु भयो । खोप अधिकृत राजाराम कार्कीले सञ्चालन गर्नु भएको कार्यक्रममा सेवाग्रही तथा चिकीत्सकहरुको उपस्थित रहेको थियो । ३र ४ गते चल्ने दुइ दिने शिबीरमा मेडीकल अफिसर डा. रोहीत थापा, मेडीकल असिष्टेन डा. रोषन यादव,आयोबौदीक बिशेषज्ञ डा. अन्जु कार्की,दात बिशेषज्ञ,डा. पुष्प ज्ञवाली,सर्जनका डा. एलिजा हमाल,बालरोग बिशेषज्ञ डा.मन्दीप गौतम, स्त्री रोग बिशेषज्ञ डा. गौरी घिमिरे,फिजीएशन डा. दुर्गाराज महर्जन, अकुपञ्चरका छिरीगं तामागं लगाएत आखाबिशेषज्ञ, भिडीयो एक्सरेका स्वास्थ्य कर्मीहरुले सेवा प्रदान गर्नु भएको थियो ।शिबिरमा ३८१जनाले स्वास्थ्य सेवा लिएको स्वास्थ्य कार्यालयसिन्धु पाल्चोकका प्रमुख अनुप अधिकारीले जानकारी दिनु भयो ।उँहाका अनुसारफिजिसियनमा९०जनाले उपचार पाएका छन भने स्त्रीरोगसम्बन्धी २०जनाले उपचार पाएका छन यसै गरी भिडीयोएक्सरे ५०, बालरोग२१,सर्जरी १०, आँखा ७३,दाँतमा ४२,एकुपञ्र २२,आयोर्बेदमा ५३ ,रहेका छन । ३ गते सेवा लिन आउँन नपाएकाहरुलाइ ४ गते पनी सेवा दिने अधिकारीले बताउँनु भयो ।