सम्पर्क

बच्छलादेवी माविको ५७ औं वार्षिकोत्सव सम्पन्न

सिन्धु पाल्चाचेक जिल्लाको बाह्रबिसे नगरपालिका – ७ स्थित बच्छलादेवी माध्यमिक विद्यालयको ५७ औ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मंगलबार सम्पन्न भएको छ ।       ५७औ वार्षिकोत्सवको उदघाटन गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम प्रतिनिधि सभा क्षेत्र नं. २ का संसद माननीय मोहन बहादुर बस्नेतले गुणस्तरिय शिक्षा आजको आवश्यकता भएको बताउदै शिक्षाको गुणस्तरियता अभिवृद्धिका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उँहाले शिक्षा सिकाइमा प्रयोगात्मक सिकाइ पनी सँग सँगै लान सकै अझ बढी प्रभावकारी हुने भएकाले यस तर्फ सोच्न पर्ने बेला भएको बताउँनु भयो ।यसैगरी कार्यक्रममा बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले नगर भरीका बिद्यालयमा जोड २ सम्म निशुल्क शिक्षा को व्यबस्था गरेको बताउँदै शिक्षा सिकाइका लागी नगरले दिन पर्ने सुबिधामा कसनै पनी कन्जुस्याइ नगर्ने बताउँनु भयो । नगर उप प्रमुख मन्जु तामागंले शिक्षा बिकासका लागी आफुहरु शिक्षाबिदका सलहर सुुझाब अनुसार काम गर्न लागी परेको हँुदा यसको बिकासका लागी सरोकारवालाहरुले पनी राय सुझाब दिएर सहयोग गरिरहन पर्ने बताउँनु भयो । विद्यालयको वार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक, खेलकुद कार्यक्रमका साथै अतिरिक्त क्रियाकलापमा बिजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो।