सम्पर्क

बागमती प्रदेस प्रहरी कार्यलयले अर्धबार्षीक कार्य सार्वजनीक

आर्थिक वर्ष २०७९–०८० को श्रावणदेखि पौषसम्मको अवधीमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले प्रहरीको सेवा प्रवाहमा योजनाबद्ध प्रणालीको विकास गर्नुका साथै प्रशासनिक एवं कर्मचारीको आचरण व्यवहार सुधार, अपराथ रोकथाम नियन्त्रण तथा फरार प्रतिवादी पक्राउ र प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ सुरक्षाका क्षेत्रमा महत्वपूर्ण कार्य सम्पादन गरेको छ । बागमती प्रहरी कार्यलयले आफु मातहत १४ वटा कार्यालयसंग आर्थिक वर्ष २०७९।०८० को वार्षिक कार्यसम्पादन सम्झौता गरिएको गर्नुका साथै १२ लक्ष्य र १०० क्रियाकलापसहित बागमती प्रदेश प्रहरीको वार्षिक कार्ययोजना २०७९ तयार गरी कार्यान्वयनको चरणमा रहेको छ । अनुगमन प्रणालीको विकास गरी प्रदेशबाट १७० र मातहतबाट ५३४ पटक अनुगमन भएको गरिएको छ । प्रहरी कर्मचारीको मनोवल अभिबृद्दीका लागि प्रत्येक महिना १५ जना प्रहरी कर्मचारीहरु पुरस्कृत हुने गरी उत्कृष्ट प्रहरी छनौट कार्यबिधि कार्यान्वयनमा भईरहेको छ । आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्य गर्ने ४६६ जनालाई पुरस्कृत गरिएको छ भने आचरण विपरित कार्य गर्ने ९६ जना प्रहरी कर्मचारीहरुलाई विभागीय कारवाही गरिएको छ । प्रादेशिक प्रहरी अस्पताल तथा प्रदेशस्तरीय विधिविज्ञान प्रयोगशाला निर्माणको लागि ३० वर्षको लागि हेटौँडा उप महानगरपालिका १७ हटियामा नेपाल सरकारको नाममा रहेको ४ बिगाहा जग्गा लिजमा लिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बागमती प्रदेस प्रहरी कार्यलय हेटौडाका प्रबक्ता सुचना अधिकारी प्रहरी बरिष्ठ उपरिक्षक दिपक रेग्मी ले जानकारी दिनु भएको उँहाका अनुसार प्रदेशको शान्ति सुरक्षा व्यवस्थापन तथा अपराध अनुसन्धानमा प्रविधीको प्रयोग गर्ने उद्देश्यले सिसिटिभी जडानलाई प्राथमिकता दिई ६ महिनाको यसअवधिमा यस प्रदेशका बिभिन्न स्थानमा थप ८१ वटा सिसिटिभी जडान गरिएको छ भने थप सिसिटिभी जडानको लागि प्रदेश सरकारबाट थप १ करोड रुपैया विनियोजन भईसकेको छ । बागमती प्रदेश प्रवेश गर्ने बिभिन्न राजमार्ग तथा नाकाहरुमा रहेका सिसिटिभी बागमती प्रदेश प्रहरी कार्यालयको कन्ट्रोल रुमबाट मनिटर गरिँदै आएको छ । अवैध लागुऔषधको खेती नष्ट गर्ने अभियान संचालन गरी १६७ विगाहा भन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा र ७१ बिगाहा भन्दा बढी क्षेत्रफलमा लगाइएको अफिम खेती फडानी गरि नष्ट गरिएको छ ।प्राकृतिक सम्पदाको अवैध दोहन नियन्त्रण गर्ने उद्देश्यले जिल्ला समन्वय समिति, सम्बन्धीत स्थानीय तह तथा जिल्ला सुरक्षा समितिसँगको समन्वयमा अवैध रुपमा संचालित १९९ वटा क्रसर उद्योग बन्द गरिएको छ भने अवैध उत्खननमा संलग्न २५३ वटा सवारी साधन नियन्त्रणमा लिई रु. ३७,२४,००२।– रूपैयाँ राजश्व संकलन गरिएको छ । आर्थिक वर्ष २०७९–०८० को पहिलो ६ महिनामा बागमती प्रदेश प्रहरी कार्यालय मातहतका २३ वटा प्रहरी युनिटमा २१५३ वटा मुद्दा दर्ता भएको देखिन्छ । बिभिन्न अपराधमा संलग्न १४०५ जनालाई प्रहरीले पक्राउ गरेको छ । फैसला कार्यान्वयनतर्फ प्रहरीले ३८७ जनालाई पक्राउ गरी ४,०८,६१,८९९।– रूपैया जरिवाना संकलन गरेको छ । यस अवधीमा प्रहरीले १८ नाल अवैध हातहतियार बरामद गरी ११ जना मानिसलाई पक्राउ गरेको छ ।
लागु औषध ओसारपसार रोकथामबिरुद्ध विशेष अभियान संचालन गरि विभिन्न लागु औषध ओसारपसारमा संलग्न २५७ जना मानिसलाई पक्राउ गरिएको छ भने लागु औषध गाँजा २,८८७ के.जी., चरेश ९५ के.जी. अफिम २ के.जी. र खैरो हिरोइन १८७ ग्राम बरामद भएको छ । यसैगरी बिभिन्न प्रतिबन्धीत औषधिजन्य लागु औषध २२,९१३ पिस तथा १,०५,५०० मिलि लिटर तरलजन्य लागु औषध र २६,८६७ लिटर तयारी घरेलु मदिरा तथा कच्चा मदिरा २३,०८१ के.जी. प्रहरीले बरामद गरी नष्ट गरेको छ ।हराएका मानिसहरुको खोजि गर्ने उद्देश्यले ‘न्इ ज्इःभ्’ अभियन संचालन गरी ३३० जना मानिस फेला पारि प्रहरीले सम्बन्धीत आफन्तलाई बुझाएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लैङ्गिक तथा घरेलु हिंसा, मानव वेचविखन, यौन दुर्व्यबहार, आत्महत्या लगायत हुनसक्ने आपराधिक घटना न्यूनिकरणका लागि प्रहरीले २६०० वटा भन्दा बढी सचेतनामूलक कार्यक्रम संचालन गरेको छ ।बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले नियम विपरित चलेका १,२८,७५४ वटा सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । उक्त सवारी साधनहरुको जरिवाना वापत संकलित ११,३२,६५,५००।– रुपैया जरिवाना संकलन गरिएको छ । सबारी साधनको यान्त्रिक कारणले हुनसक्ने सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि सवारी साधनको यान्त्रिक परीक्षण अभियान संचालन गरी ५,५९४ वटा सवारी साधनको यान्त्रिक परीक्षण र १,५४४ जना गरिएको छ । सवारी साधनको तिब्र गति नियन्त्रणका लागि बिभिन्न २२० स्थानमा राडर गनसहित चेकजाँच गर्ने व्यवस्था मिलाउनुका साथै सिन्धुली, काभ्रे, चितवन, मकवानपुर र धादिङ जिल्लाका राजमार्गमा चल्ने सार्वजनिक सवारी साधनमा टायम कार्डको व्यवस्था गरिएको छ । यसरी नेपालको वर्तमान संविधान र अन्य प्रचलित ऐन कानुनबाट निर्दिष्ट रही अपराध रोकथाम, नियन्त्रण, अनुसन्धान तथा नागरिक सेवामा नेपाल प्रहरी अहोरात्र खटिँदै आईरहेको जनाइएको छ ।