निर्मल बस्नेत
सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले नीजि क्षेत्रको पिल्लर उद्योग बाणिज्य संघ भएको बताउनुभएको छ । शुक्रबार सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बिपद् व्यवस्थापनको मूख्य साझेदार संस्था उद्योग बाणिज्य संघ भएको तर्क प्रस्तुत गर्नुभयो ।
उहाँले बिपद्को समयमा तत्काल खाद्यन्न लगायत अति आवश्यक कुराको आपुर्ति गर्न संघलाई आग्रह गर्नुभयो । संघले बजार अनुशासन, उपभोक्ताको स्वास्थ्यको ख्याल गर्दै दिगो व्यवसायीक वातावरण तय गर्न मूख्य भूमिका खेल्नुपर्नै कुरामा जोड दिनुभएको थियो । बिपद् आइलागेको बखत निजी क्षेत्रको नेतृत्व गदै आपसी सहकार्यमा प्रतिकार्यमा जुट्न सिन्धुपाल्चोक उद्योग बाणिज्य संघलाई आग्रह गगर्नुभएको छ । उहाँले बिगतको समयमा संघले खेलेको भूमिकाको समेत प्रशंसा गर्नुभएको थियो ।
संघले प्रमुख जिल्ला अधिकारी थापा र राष्ट्रिय अनुसन्धान कार्यालयका अनुसन्धान उपनिर्देशक राजन प्रजापतिलाई आफ्नै शाखा कार्यालय चौताराको भवनमा बोलाएर एक कार्यक्रमका बिच स्वागत गर्नुभएको छ ।
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले २०७१ सालको जुरे पहिरो, २०७२ सालको बिनाशकारी भूकम्प र त्यसपछिका बाढीपहिरोले सिन्धुपाल्चेकका व्यवसायीहरु समस्यामा रहेको भन्दै प्रजिअको ध्यानाकर्षण गराउनुभएको थियो । अध्यक्ष बस्नेतले केहि नीतिगत र व्यवहारीक कुराको तालमेल मिलाउन नसक्दा साना व्यवसायीहरु मर्कामा पर्ने गरेकोले ढुक्कसाथ व्यवसाय गर्न नसकेको कुरा दर्साउनुभएको थियो । ओरालो लाग्दो व्यवसायीक अवस्थामा राज्यको निकायले व्यवहारीक कुरा हेरेर ढुक्कसाथ व्यवसाय गर्ने वातावरण सिर्जना गराउनमा जोड दिनुपर्ने कुरा औल्याउनुभएको थियो ।
संघको अध्यक्ष बुद्धराज बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम महासचिव ईश्वर गुभाजुले सञ्चालन गरेका थिए भने मानार्थ उपाध्यक्ष उजारसिं तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संघको पदाधिकारी र कार्यकारिणी समितिका सदस्यहरुको उपस्थितिमा संघको शाखा कार्यालय चौतारामा सम्पन्न भएको थियो ।
संघले चौतारा बजारका व्यवसायी, उपभोक्ता र नियमनकारी निकायको उपस्थितिमा दैनिक उपभोग्य बस्तुहरु खाद्यन्न, दुग्धजन्य पदार्थ, मासु र इन्धनको खुद्रा बिक्रि मूल्य समेत निर्धारण गरेको संघको मुख्य कार्यालय बाह्रबिसेका कार्यालय प्रमुख इश्वरी चालिसेले जानकारी दिनुभयो ।
