सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १ स्याउलेको आ ब २०८० ÷८१मा धेरै उपलब्धीमुलक काम गरेका जनाएको छ । वडा नं १का वडा अध्यक्ष युवलाल श्रेष्ठले यस बर्ष वडाको लेख डाँडामा एक घर एक खानेपानी सहीतको धारा व्यवस्थापन गर्न सफल भएको वडा कार्यलयको भवन निर्माण कार्य शुरु गर्नुका साथै राजस्व ७७३०६४रुपैया छयासी पैसा सकलन गर्न सकेकोमा मुख्य उपलब्धीको रुपमा लिइएको बताउँनु भयो । वडा अध्यक्ष श्रेष्ठले वडा नं १ चौतारा बजारका नजिकैको वडा भएको भएता पनी बिकासका हिसावले दुर्गम देखीने यो वडाको बिकासका लागी धेरै कामहरु ग्र्न बाँकी नै रहेको छ भन्नु भयो । उँहाले आब २०८०÷८१मा वडा कार्यलयबाट गन्साबाट गुन्साबाट ठुलो वन धोविखोला जाने सिढी निर्माण बदलाङ थापाटोल सिढी निर्माणको मुलाबारी लेखडाँडा गोरेटोबाटो सिढी निर्माणको ,डाँडागाउँ केराबारी सिढी निर्माण धिमे बाजा को व्यवस्था गरेको जस्तो महत्व पुर्ण काम गर्न पाउँनु वडाका लागी खुशकिो कुरा भएको बताउँनु भयो । वडा अध्यक्ष श्रेष्ठले भाँडामा जती छ त्यती खान पर्छ भन्दै बजेटले जती भ्याउँछ त्यती नै काम गर्ने हो गरेका कामहरु सबै सन्तोष जनक रहेका छन त्यसैमा सन्तुष्टी रहन पर्नै बताउँनु भयो । वडा बाट भए गरेका कामहरुको सर्बजनीक गर्दै वडा सचिब राज बहादुर श्रेष्ठले वडा कार्यलयबाट शिक्षा, स्वास्थ्य सडक, खानेपानी मा प्राथमिकता साथ बजेटको व्यवस्था गरी काम गरेको बताउँनु भयो । वडा कार्यलयमा आयोजित सार्बजनीक सुनुवाइ कार्यक्रममा वडाका कार्यक्रमहरुका बारेमा जानकारी दिदै वडा सचिब राज बहादुर श्रेष्ठले नगरपालिकाबाट वडामा प्राप्त भएको रकम रु.८५,००,०००।–को बजेट बाट स्वास्थ्य तर्फरु. ३००,०००।– शिक्षा तर्फ रु.२,०००,०००।– सडक तर्फ रु.२०,००,०००।– खानेपानी तथा सरसफाईरु.३५०,०००।– खानेपानी तथा सरसफाई रु.३५०,०००।– युवा तथा खेलकुद रु.२००,०००।– लक्षित वर्ग ३५०,०००।– मठ, मन्दिर तथा कला संस्कृति तर्फ रु.८,००,०००।– बाट विद्युत तर्फरु.२००,०००।– मध्यबाट प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फको रु.४००,०००।– बाट सिँढी निर्माण रु.४००,०००।– मिनिलिटर अनुदान तर्फको रु.३००,०००।– बाट कृषकहरुलाई माग अनुसार ५०% मा २२ थान मिनिटिलर वितरण गरिएको । ढल तथा नाली व्यबस्थापन तर्फको रु.२,००,०००।– बाट विविध तर्फको रु.५००,०००।– बाट बाङबा तल्लो पिपलबोट देखि माथिल्लो पिपलबोट सिंढी निर्माण रु.४,००,०००।–यार्सा दुङदुङ सानो ओखे्रनी सिंढी निर्माण रु.४,००,०००।–स्याउले तल्लो गणेश मन्दिर खोल्मो बारी सिंढी निर्माणरु.४,००,०००।–कातार्चे भिमसेन मन्दिर निर्माणरु.३,००,०००।– स्याउले भादगाउँ सिंपाल सडक स्तरीय स्तरोन्नती को लागि रु.२५,००,०००।–स्याउले बदलाङ अर्चले मो.बा स्तरोन्नती को लागि रु.२५,००,०००।–यार्सा दुङदुङ मो.बा स्तरोन्नती को लागि रु.१०,००,०००।–भेडाबारी गुरुङडाँडा मोटरबाटो स्तरोन्नती रु.१०,००,०००।–खर्च गरिएको जानकारीदिनु भयो । कार्यक्रममा वडा कार्यालयबाट कानुनी अनुसारको समय भन्दा अन्य समय वा विदाको दिनमा (अनलाईन सेवा वाहेक) पनि सेवाग्राहीहरुलाई सेवा दिई आएको समेत सचिब श्रेष्ठले बताउँनु भयो ।
