सम्पर्क

सडक अबरुद्ध नहुने गरी काम गर्दै मेलम्ची नगर पालिका

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची नगरपालिका भित्रको क्षेत्रमा सडक अवरुद्घ नहुने गरि काम अघि बढाईएको बताउनुभएको छ र उँहाले सडक सुचारु गराउने सम्वन्धमा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उपाध्यक्ष सुनिता अधिकारी सँग पाँचपोखरीको सिमा खाल्डे खोलामा छलफल गर्ने क्रममा यस्तो बताउँनु भएको हो । लगातारको वर्षा र पहिरोले मेलम्ची तिपेनी भोताङ सडक अवरुद्ध भएपछि बैकल्पिक मार्ग निर्माणका लागि गैरीगाउँ, सुनखानी लाँगर्चे सडकको अवस्था अवलोकन गर्न नगर प्रमुख आइतमान तामाङ , उपप्रमुख उमा प्रधान , वडाअध्यक्ष किरणदिप खड्का लगायतका टोलीहरु त्यस तर्फ जानु भएको थियो । सडक अवलोकनपछि सडक सुचारु गराउने सम्वन्धमा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उपाध्यक्ष सुनिता अधिकारी सँग पाँचपोखरीको सिमा खाल्डे खोलामा छलफल भएको थियो । छलफलका क्रममा आआफ्ना पालिकाहरुमा तत्काल सडक सुचारु गर्न लागी पर्ने र त्यसका लागी बाटो तत्काल खुलाउनको लागि प्राविधिकहरूलाई निर्देशन दिएको छ।अविरल बर्षाको कारण सडकमा भएको क्षतिको अनुगमन गर्ने क्रममा मेलम्ची नगरपालिका र पाचपोखरी थाङपाल गाउँपालिका को सिमाना खाल्टे खोलामा मेलम्ची नगर प्रमुख,उपप्रमुख,वडा नं.९ का वडा अध्यक्ष पाचपोखरी थाङपाल गाउँपालिका उपाध्यक्ष,वडा नं.८ का वडा अध्यक्ष,विपद् शाखा प्रमुख लगायतको भेटघाट तथा विपद्को विषयमा छलफल भएको थियो । विपद्को समयमा आफ्नो क्षेत्रभित्रको सडक बाट पाचपोखरी थाङ्पाल गाउँपालिका जानको लागि अवरुद्घ हुन नदिने कुरा मेलम्ची नगर पालिकाकाले जनाएको छ ।