सम्पर्क

घरघरमा सामाजिक सुरक्षा पाउँदा १० नं वडा बासी खुशी

 

सिन्धुपाल्चोक जिल्ला चौतारासँगाचोकगढी नगरपालिका वडा नं १० ले आफ्ना वडाका सामाजिक सुरक्षा भत्ता लिइरहनु भएका हरुलाइ घर आँगनमा नै गएर सामाजिक सुरक्षा भत्ता बितरण गरिदिएको छ । सामाजिक सुरक्षा भत्ता सँगै भत्ता कार्ड नबीकरण समेत गरेकोमा सेवाग्रहीले उक्त कार्य प्रती बिशेष धन्यबाद दिएका छन । चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १०का वडाअध्यक्ष निल बहादुर तामाङ (सुमन)को नेतृत्वमा असार ७ र ८ गतेसामाजिक सुरक्षा भत्ता बाढ्ने र भत्ता कार्ड नविकरण गर्ने कार्यक्रम भएको हो । सुकुटे, साठिमुरे,कार्किटार,खत्रीथोक, जल्केनी,हरे डाँडा,होल्का,काँडे,भान डाँडा,माझटोल,डाँडाघर,विम्रेनि थुम्की डाँडा र कोल्पाटा लगायत १०वडा भित्रको सम्पुर्ण गाउँ गाउँ टोल टोलमा घर घरमा भत्ता वितरण गरेको वडा अध्यक्ष निलबहादुर तामाङ सुमनले जानकारी दिनु भयो । भत्ता बितरण कार्यक्रममो सिन्धु विकास बैंकको कर्मचारीहरु,साँगाचोक प्रहरि चौकिको सुरक्षाकर्मी हरु लगायत वडाका कर्मचारीहरुको सहभागीता रहेको थियो ।    आफ्नो घर आँगनमा आएर भत्ता दिने र कार्ड नबकिरण गरिदिने काम गरेकोमा वडा अध्यक्ष, सचिब, बैङ्कलाइ बिषेश धन्यबाद दिनु हुँदै अपाङ्गता भएका ब्यक्ती बाटुली माझीले आफु हिँडन नसक्ने अनी गाडी मा जाँदा भत्ताको आधा पैसा गाडी भाडामा जाने गरेकोमा यसरी सबै घर टोलटनेलमा आएर भत्ता दिने काम गरेको र कार्ड नबीकरण गरिदिएकोमा आफुहरुलाइ ठुलो सहयोग पुगेको बताउँनु भयो । यसै गरी जेष्ठ नागरिक राम मायाँ माझीले हामी हिड्न पनी नसक्ने बुढाबुढीको घरमा आएर यसरी सामाजीक सुरक्षा भत्ता दिने कार्ड नबकिरण गरिदिने गरेर आफ्नो छोरा छोरी ले जस्तै स्याहार गरेकोमा वडाका सबैलाइ बिषेश धन्यबाद दिनु भयो । अर्का जेष्ठ नागरिक महारानी तामाङले यस्तो सुबिधा दिएकोमा वडाका सबैलाइ मेरो आशीर्बाद छ भन्नु भयो ।यसरी भत्ता लिनेमा ३०० जना र नबीकरण गर्नैमा २५० रहेको अध्यक्ष निलबहादुर तामाङले बताउँनु भयो । उँहाले जन प्रतिनिधीको काम भनेकै आफ्ना मतदाताको समस्यालाइ समधान गर्नु हो । आफुकँहा आएका लाइ सेवा दिन भन्दा पनी यस्ता नसक्ने नागरिकहरुको घरमा गएर सेवा दिन पाउँदा आफुलाइ पनी खुशी लागेको बताउँनु भयो ।